विश्वभरमा कोरोना संक्रमित ६० लाख बढी

Sunday, May 31st, 2020


कोरोना भाइरस (कोभिड(१९) बाट संक्रमित हुनेको संख्या बिश्वभरमा ६० लाख नाघेको छ । जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको तथ्यांक अनुसार अहिलेसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ६० लाख ६३ हजार ७२५ पुगिसकेको छ ।

कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा हो । त्यहाँ अहिलेसम्म १७ लाख ७० हजारभन्दा धेरै मानिस संक्रमित बनिसकेका छन् । ब्राजिलमा करिब पाँच लाख मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । रुसमा पनि संक्रमितको संख्या चार लाखको हाराहारीमा पुगिसकेको छ ।
त्यस्तै विश्वभर अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन लाख ६९ हजार २४४ पुगिसकेको छ । अमेरिकामा अहिलेसम्म एक लाख भन्दा बढीको मृत्यु भइसकेको छ भने बेलायतमा ३८ हजारभन्दा बढीको मृत्यु भएको छ । इटालीमा ३३ हजारभन्दा बढीको कोरोना भाइरसको कारण मृत्यु हुँदा ब्राजिल र फ्रान्समा २८ हजारभन्दा बढीको मृत्यु भइसकेको छ । पछिल्लो समय भारत लगायतका देशमा यसको संक्रमण बढ्दो गतिमा रहेको छ
अहिलेसम्म विश्वभर कोरोना भाइरसका २५ लाख ६६ हजार ४८ संक्रमित निको भएर फर्किसकेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest