विश्व वातावरण दिवस जनचेतना मुलक कार्यक्रम सहित सम्पन्न

Wednesday, June 6th, 2018

काठमाडौँ – विश्व वातावरण दिवस २०७५ सरसफाई तथा जनचेतना मुलक कार्यक्रम सहित सम्पन्न भएको छ । ललितपुर महानगरपालिका वडा नं. १४ कार्यालय तिखेदेवल र आयाम बचत तथा ऋण सहकारी संस्था लि. ताल्छिखेलको सयूक्त आयोजानामा १४ नं. वडा मा रहेको सरोकारवाला संघ संस्थाको सक्रिय सहभागितामा प्ले कार्ड ब्यानर सहित प्रदुषण कम गरौं वातावरण सफा राखौं भन्ने मुल नारा सहित विश्व वातावरण दिवस २०७५ बृहत सर सफाई कार्यक्रम ललितपुर महानगरपालिका वडा नं. १४ को विभिन्न चोक र सडकमा सर सफाई र जनचेतना फैलाउर्दै सम्पन्न गरियो उक्त कार्यक्रममा ललितपुर महानगरपालिका को वडा अध्यक्ष श्री रामबाबु महतको सभापतित्वमा कार्यक्रम संचालन गरि ललितपुर महानगरपालिका को उपमेयर श्री गिता सत्यालको प्रमुख आतिथि रहेको थियो भने अतिथिहरुमा वडा नं. १४ वडा सदस्यहरु, आयाम बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष श्री केशब प्रसाद नेपाल, वडा सचिब प्रेमनारायण खनाल रहनु भएको थियो उक्त कार्यक्रममा वडा कार्यालयका पदाधिकारी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो त्यसै गरि आयाम बचत तथा ऋण सहकारी संस्था लि. का पदाधिकारी, कर्मचारी शेयर सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो भने नेपाल विकास अभियान, पिनाकल स्कुल, उमामहेश्वर स्कुल, जुपिटर स्कलका विद्यार्थी भाइ बहिनीहरुको सहभागिता रहेको थियो सामदायिक प्रहरी, उमामहेश्वर सामुदायिक स्वास्थ केन्द्र तिखिदेवल, त्ज्ए दिदि बहिनी, बुद्ध मार्ग टोल विकास संस्था, जागृति महिला समुह, उद्यमशिल महिला समुह वासुकी बचत समुह विभिन्न टोल सुधार समितिको सहभागितामा सर सफाई कार्यक्रम गरि विश्व वातावरण दिवस कार्यक्रम सम्पन्न गरियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest