विष सेवनबाट दुई छोरी र आमाको मृत्यु

Thursday, January 28th, 2021

परासी :नवलपरासी पश्चिमको सरावल गाउँपालिका(५ धनगडवामा विष सेवनबाट एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।३५ वर्षीया अनिता चौधरीले बुधबार आफ्ना दुई छोरीलाई विष सेवन गराएर आफूले पनि विष सेवन गरेको जिल्ला प्रहरी कार्यालयका डीएसपी राजु लामाले बताए ।

विष सेवनबाट चौधरीसहित उनकी १२ वर्षीया छोरी नेहा र १० वर्षीया छोरी हेमा चौधरीको उपचारको क्रममा बिहीबार मृत्यु भएको हो ।एकान्त स्थानमा रहेको घरको च्यानल गेटमा ताला लगाएर अनिताले पहिले दुई छोरीलाई विष सेवन गराएको र आफूले पनि सेवन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

विष सेवनपछि बालिकाहरु चिच्याउन थालेपछि गाउँलेले उपचारका लागि उनीहरुलाई पृथ्वीचन्द्र अस्पताल परासीमा ल्याएका थिए । त्यहाँबाट उपचार सम्भव नभएपछि भैरहवा रिफर गरिएको थियो । उनीहरुको भैरहवा मेडिकल कलेजमा उपचारका क्रममा बिहीबार मृत्यु भएको डीएसपी लामाले बताए । मृतक अनिताका श्रीमान रोजगारीका लागि विदेशमा छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest