वीरगञ्जमा मृत्यु भएकी युवतीको पीसीआर टेष्ट नेगेटिभ

Sunday, April 26th, 2020

वीरगञ्ज:वीरगञ्जको नारायणी अस्पतालमा मृत्यु भएकी युवतीको पीसीआर टेष्टको नतिजा नेगेटिभ आएको छ ।
र्‍यापिड टेष्ट गर्दा पोजेटिभ रिपोर्ट आएकी वीरगञ्ज–१० अशोकबाटिका बस्ने २३ वर्षीया युवतीको शनिबार मृत्यु भएको थियो । उनी ब्लड क्यान्सरबाट पनि पीडित थिइन् ।
उनको थ्रोट स्वाब नमूना संकलन गरी पीसीआर टेष्ट गर्न पठाइएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest