वुनु श्रेष्ठको सन्देसमुलक गीत ‘‘साथ हुदैमा’सार्वजनिक( भिडियोसहित)

Thursday, November 14th, 2019

 

चक्र प्रसाद पोख्रेल
काठमाडौ :पछील्लो समय थुप्रै गीत गाउदै आएकी गायिका वुनु श्रेष्ठले फेरी नँया गीत लिएर दर्शक श्रोतामाझ आएकीछन ।उनले भर्खरैमात्र गायको सामाजिक सन्देसमुलक गीत ‘‘साथ हुदैमा’’ एक भव्य कार्यक्रमवीच विमोचन सम्पन्न भएको छ । यो गीत भरतपुर, चितवनमा मस्तिष्क पक्षाघात प्रभावित वालवालिकाहरुको लागि एक वृहत चेतनामुलक कार्यक्रममा प्रभावित वाल वालिकाहरुको अभिभावक तथा सामाजिक क्षेत्रमा योगदान पुरयाएका सामाजिक अग्रजहरुवाट भएको थियो । संसारमा मानवीय सेवा जस्तो ठुलो सेवा अरु छैन । साथै मानवीय सेवामा जस्तो आनन्द अरुमा पाईदैन भन्ने सन्देश यो गीतमा दिन खोजिएको छ । मान्छे धन सम्पत्तिले मात्र सम्पन्न हुदैन यदि सेवा भावना छैन भन्ने भाव यो गीतमा सुन्न देख्न पाईन्छ । बिशेषतः सामाजिक अगुवाहरुको लागि उत्प्रेरित गर्न लेखिएको गीत हो यो ।

गीतमा वुनु श्रेष्ठको स्वर, नरेश कुमार प्रधानको शब्द रचना, सजल न्यौपानेको संगित रहेको छ भने विएन निराकारले गीतको एरेन्ज गरेकाछन । त्यसैगरी माष्टर÷मिक्सिङ महेश्वरमान राजभण्डारी, भिडियोमा नायिका वर्षा राउत र गजित विष्टको प्रमुख भूमिका रहेको छ । गम्भीर विष्टको निर्देशन रहेको यस भिडियोमा क्यामरामा नवराज उप्रेती, सह निर्देशक सुवोल थापा र सम्पादन नविन निरौलाको रहेको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest