शिक्षकले नै गरे विद्यार्थीलाई बलात्कार

Monday, October 8th, 2018

 

बलात्कारको घटना दिन दिनै बढी रहेको छ । पछिल्लो समय घर तथा विद्यालयबाटै बालबालिकाहरु असुरक्षित हुन थालेको पाइएको छ । पछिल्लोपटक जिल्लाको बेथाञ्चोक गाउँपालिका वडा नम्वर ४ देविस्थानमा रहेको कालिका माविमा कार्यरत शिक्षकले आफ्नै विद्यार्थीहरु माथी जर्बजस्ति करणी गरेको खुलासा भएको छ । कालिका मावि बेथाञ्चोक ४ मा कार्यरत शिक्षक ३१ बर्षिय शिक्षक शंकर पहरीले विद्यालयका छात्राहरुलाई अभद्र ब्यवहार गर्दै जर्बजस्ति करणी गरेको भन्दै्र उजुरी दर्ता भएको छ । उनले कक्षा ५ मा अध्ययनरत एक छात्रालाई असोज १० गते दिउसो कक्षा कोठा भित्रै खाली भएको समयमा जबर्जस्तीको प्रयास गरेका थिए ।

विद्यार्थीले उक्त घटनाका बारेमा अभिभावकलाई भने सँगै उक्त घटना सार्वजनिक भएको थियो । त्यस अघि शिक्षक पहरीले विद्यालयकै अर्की छात्रालाई जर्बजस्ति करणी नै गरेको उजुरी दर्ता भएको छ । विद्यालयमा पुगेको प्रहरी टोलीसँग अन्य केहि छात्राहरुले समेत शिक्षक पहरीले एक वर्ष अघि देखि यौन दुव्र्यवहार गर्ने गरेको र त्यो कुरा भन्यो भने विद्यालयबाट हटाई दिने धम्की दिने गर्दै आएको बताएका छन् ।
विद्यालयका शिक्षकहरुलाई पहरीको बानी जानकारी भए पनि वेवास्ता गरेका कारण उनको मनोबल बढ्दै गएको विद्यार्थी तथा अभिभावकहरुले बताएका छन् । विद्यालयका आज सोहि विषयमा छलफल गर्न बसेको बैठकमा अभिभावकहरुले हस्तक्षेप गर्दै विद्यालयका अन्य शिक्षकहरुलाई समेत कारवाहीको माग गरेका छन् । प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest