शिखरले शुजले ल्यायो सय भन्दा वढि डिजाइनका जुताहरु

Monday, September 24th, 2018

काठमाडौं : शिखर सुजले नजिकिँदै गरेको बडादशैं, तिहार, छठलगायतका चाडबाडलाई लक्षित गरेर १ सयभन्दा बढी नयाँ डिजाइनका जुत्ता बजारमा ल्याएको छ । शिखरले दशैं तिहार नयाँ कपडा र जुत्ता किन्ने अवसर भएकाले युवायुवती, स्कुले विद्यार्थी, कामकाजी व्यक्तित्वहरुलाई लक्षित गरेर नयाँ डिजाइनका जुत्ताहरु बजारमा ल्याएको हो ।उक्त नयाँ जुत्तामा पार्टी सुजका २५ भन्दा बढी डिजाइन, स्पोर्टस् सुजका २५ भन्दा बढी डिजाइन, क्याजुअल सुजका २५ भन्दा बढी डिजाइन र अन्य जुत्ताका २५ भन्दा बढी डिजाइन छन् । कम्पनीले राजधानीलगायत देशैभर आफ्नै सोरुम र वितरकहरुमार्फत जुत्ता बेच्दै आएको छ ।
उद्योगमा प्रत्यक्ष र अप्रत्यक्ष गरी ४ हजारभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । उद्योगले काठमाडौं र विराटनगरमा शुकन्भेयर मेसिन, पियू (पोली युरेथेन) मेसिन र डिएमएस (बुट बनाउने) मेसिनलगायतका स्वचालित प्लान्ट राखेर जुत्ता उत्पादन गर्छ । कम्पनीले ग्राहकलाई आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टीसमेत दिँदै आएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest