शिखर सुजको मेलामा उपभोत्ताको भिडभाड

Tuesday, January 15th, 2019

 


राजधानीको भृकुटीमण्डपमा जारी शिखर सुजको ग्राण्ड सेल मेलामा उपभोक्ताको अत्यान्तै भिड लागेको छ । शिखर सुज कम्नपीले सबै बर्गका उपभोक्तालाई लक्षित गरी संचालनमा ल्याएको एकल सेल मेलामा जुत्ता तथा चप्पल खरिद गर्ने ग्राहकको भिड थामिनसक्नु लागेको छ । मेलामा आएका ग्राहकहरुले एकै व्यक्तिले कम्तिमा पनि ५ देखि १० जोरसम्म जुत्ता खरिद गर्ने गरेका छन्् । जुत्ता किन्न आउने ग्राहकले आफ््नो लागि मात्रै नभएर परिवारको लागि समेत जुत्ता किनेर लाने गरेका छन्् । ‘

मेलामा सोचेभन्दा धेरै सस्तो मूल्यमा जुत्ता तथा चप्पल पाएको मेलामा आउने ग्राहकले बताउने गरेका छन्् । मेलामा आफ््नो साईज अनुसार विभिन्न मोडलमा जुत्ता चप्पल छानीछानी खरिद गर्न मिल्ने भएकाले शिखर मेलामा आएका ग्राहकले जानकारी दिए । मेलामा धेरै मोडलका स्कुल सुजु, पार्र्टी सुज देखि स्पोर्ट सुजसमेत रहेकाले मेलामा आउने उपभोक्ताहरुले ४ र ५ जोर जुत्ता खरिद गर्ने गरेको शिखर सुजकी संचालिका संगिता कडरिया प्रसाईंले जानकारी दिईन्् ।

साथै महिलाका लागि आकर्षक, जाडोका लागि उपयुक्त र फेसनेवल बेली जुत्ता समेत शिखर शुले मेलामा राखेको छ । मेलामा १ सय ७५ रुपैयाँदेखि ८ हजार ५ सय सम्ममा जुत्ता तथा चप्पल रहेका छन्् । ती जुत्ताहरुमा न्युनतम १५ प्रतिशतदेखि असिमित छुट रहेको समेत कम्पनीले जानकारी दिएको छ । कम्पनीले ग्राण्ड सेल मेलामा सोलको मूल््यमा जुत्ता उपलब्ध गराएको समेत जानकारी दिएको छ । शिखर सुजले अहिले विवाहको सिजनलाई लक्षित गरेर ५० भन्दा बढी प्रकारका नयाँ डिजाईनका पार्टी सुज समेत सार्वजनिक गरेको छ । सम्बधित शीर्षकहरु शिखर क्रेजी सेलमा उपभोक्ताको भीड, ८५ प्रतिशत छुटले तान्यो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest