शिलु अधिकारी र बुनु श्रेष्ठको तीज गीत

Monday, August 12th, 2019

हिन्दु महिलाहरुको महान चाड तीज नजिकिदै गर्दा बजारमा तीजका गीतहरु आइरहेका छन् । गायिका शिलु अधिकारी र बुनु श्रेष्ठले पनि नयाँ तीज गीत लिएर दर्शक तथा स्रोता माझ आएका छन् । गायिका बुनु श्रेष्ठ र गायिका शीलु अधिकारीको स्वर रहेको ‘ वर्ष दिनको तीज’बोलको तीज गीत भिडियो सहित सार्वजनिक भएको छ । शान्ति प्रियको शब्द रहेको ‘ वर्ष दिनको तीज’ बोलको गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ । गीतलाई नारायण दंगालले एरेन्ज गरेका छन् । गीतमा ‘वर्ष दिनको तीज आउँदा मनै रमाइलो’ भन्दै ‘अर्र्को साल के हुन्छ के हुन्छ नाचौँ यसै साल’ भन्दै दिदि बहिनि मिलेर रमाइलो गरेका छन् । गीतको भिडियोमा सबना आचार्य र साथीहरुलाई फिचरिंग गरिएको छ ।
गीतको भिडियोलाई सुबोल थापाले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । सबिन भट्टराईको छायांकन रहेको यस भिडियोमा रोशन दाहालको सम्पादन रहेको छ । यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले मिक्सिङ, मास्टरिङ रहेको छ । गीतलाई स्टुडियो साउन्ड मिलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest