शिशु हत्या गरेको आरोपमा आमा पक्राउ

Thursday, January 16th, 2020

सप्तरी : आफैले जन्माएको शिशु हत्या गरेको आरोपमा सप्तरीको रुपनिबाट एक महिला पक्राउ परेकी छन् । सप्तरीको रुपनी गाउँपालिका–३ मा नवजात शिशु जन्माएर मारेर फालेको आरोपमा २५ वर्षीय महिलालाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।

हत्याको झण्डै एक महिनापछि प्रहरी अनुसन्धानबाट आमा नै दोषी देखिएपछि प्रहरीले उनलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दाको उजूरी दर्ता गरी थप अनुसन्धान थालिएको भारतीले बताए ।

रूपनी गाउँपालिका–३ हर्दियास्थित तिलेश्वर साहको पोखरीमा मंसिर २८ गते माछा मार्न स्थानीयवासीले हालेको जालमा बालिका शिशुको शव फेला परेको थियो । अवैध गर्भबाट छोरी जन्मिएका कारण हत्या गरी फालिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । दुई छोराकी आमा रहेकी ती महिलाको श्रीमान वैदेशिक रोजगारका लागि मलेशियामा रहेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest