श्रीमती सँग डेटिङ् जान्छु, प्रमोद खरेल, गायक

Thursday, July 26th, 2018

गायन क्षेत्रमा को संग प्रभावित हुनुहुन्छ ?
पुराना गीत संगीत र पुराना स्रष्टाबाट एक दम प्रभावित छु ।

तपाईको नजरमा नारी ?
एउटा जिवनको आधि पाटो, बहुरुपी व्यक्तित्व ।

महिलाको सबै भन्दा मनपर्ने पक्ष ?
सहनशीलता र जिम्मेवारीबोध ।

एक दिनको लागि डेटिङ्को अवसर मिलेमा कस्लाई रोज्नुहुन्छ ?
म मेरी अर्धागिनी अर्थात मेरी श्रीमतीलाई नै रोज्छु ।
गायक नभएको भए अरु के हुनुहुन्थ्यो ?
यही हुन्थे भन्ने छैन तर कलेजको प्रोफेसर वा मिडिया कर्मी नै हुन्थे होला ।

जीवनमा सबै भन्दा ठुलो गल्ती के गरे जस्तो लाग्छ ?
त्यस्तो केही छैन् ।

एक गायकमा हुनुपर्ने गुण ?
गायकमा हुनुपर्ने गुण पक्कै पनि साधना, मेहनत, संस्कार धैर्यता हो ।

यदि राजनीतिमा आउनु पर्यो भने कस्लाई सपोर्ट गर्नुहुन्छ ?
त्यतिखेर मेरो भिजन जो संग मिल्छ ।
एकदिनको लागि समलि·ी तथा तेस्रोलि·ी हुनु भयो भने के गर्नु हुन्छ ?
एकदिनमा नै त्यस्तो उथल पुथल परिवर्तन आउन सक्छ जस्तो लाग्दैन् ।

कुनै मोडल वा नायिका संग मोडलिङ् गर्नु पर्यो भने कस्लाई रोज्नुहुन्छ ?
यो संग नै भन्ने छैन तर जो संग क्यामेस्ट्री मिल्छ उही संग ।

तपाईको विचारमा जीवन ?
सृष्टिको सुन्दर रचना र एक भोगाई हो जिवन ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest