श्रीमानद्वारा श्रीमतीको हत्या

Sunday, October 21st, 2018

शुनिल कार्की,

गुल्मी : गुल्मीमा श्रीमानले श्रीमतीलाई कुटपिट गरेर हत्या गरेका छन् । मुसिकोट –७, इन्द्रेगौडाका ३५ वर्षीय पंकज कुमालले ३० वर्षीया श्रीमती लाली कुमालको हत्या गरेका हुन् ।गुल्मी प्रहरी प्रमुख एसपी दिपककुमार बस्नेतका अनुसार पंकजले  दाउराको प्रयोग गरी उनको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।शनिबार राति भएको पारिवारिक झगडाका क्रममा उनले कुटपिट गर्दा श्रीमतीको हत्या भएको पंकजले पनि स्वीकारेका छन् ।कुमाललाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest