श्रीमानले ह्याण्डपम्पले हिर्काउँदा तीन दिनदेखि बहोस्

Wednesday, May 23rd, 2018

काठमाडौँ – महिला हिंसाकोे घटनाहरु दिन प्रति दिन बढ्दै गईरहेका छन् । श्रीमानले हत्या प्रयास गर्दा बेहोस् भएकी छोटकी यादव जीवन मरणको दोसाँधमा छिन् । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ७ बाभनपुरकी छोटकीलाई उनका श्रीमान दशरथ यादवले ह्याण्डपम्पले टाउकोमा हान्दा उनी बेहोस् भएकी थिइन् ।छोटकीको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा आइसीयूमा राखेर उपचार भइरहेको अधिकारकर्मी रुपा पाण्डेले महिला खबरलाई बताइन् ।

रुपाका अनुसार छोटकीका तीन छोराछोरी छन् । गएको सोमबार बिहान १० बजे घरायसी विवादपछि दशरथले तलाई मार्छु भन्दै ह्याण्डपम्पले टाउकोमा हिकाउँदा उनी घटनास्थलमै बेहोस् भएकी थिइन् । पछि माइती पक्षले अस्पताल पुर्याएका थिए ।यता इलाका प्रहरी कार्यालय बासगडिले भने घटनाबारे आफूहरुलाई थाहा नभएको बताएको छ । कार्यालयका सई झक्कु पौडेलले महिला खबरसँग कुरा गर्दै यस विषयमा आफूहरुलाई केही थाहा नभएको बताए । उनले यस विषयमा इलाका प्रहरी कार्यालयले बुझ्ने समेत बताए । महिला खबरबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest