श्रीमानसहित परिवारले जलाएका कञ्चनको मृत्यु

Saturday, April 27th, 2019

बिहीबार बिहान सवा नौ बजे जलाइएकी कन्चनको अनुहारसहित शरीरको ८० प्रतिशत भाग जलेको थियो । जलेर सिकिस्त भएकी उनको काठमाडौंस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार साँझ साढे पाँच बजेतिर उनको मृत्यु भएको काठमाडौंको साँखु प्रहरीलाई उदृत गर्दै सिरहाको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ ।
बिहीबार बिहान ९ः१५ बजेतिर उनको शरीरमा आगो लागेको फेला परेको थियो । तत्कालै पुगेको इलाका प्रहरी कार्यालय कल्याणपुरको टोलीले उद्वार गरी उपचारका लागि मिर्चैया पठाएको थियो ।
मिर्चैयामा उपचार संभव हुन नसक्दा धरानस्थित घोपा क्याम्प पठाइएको थियो । घोपा क्याम्पमा पनि उपचार संम्भव नभएपछि शुक्रबार उनलाई काठमाडौं ल्याइएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest