श्रीमान् द्धारा श्रीमतीको हत्या

Thursday, September 27th, 2018

पोखरामा श्रीमान् द्धारा श्रीमतीको हत्या गरेका छन् । पोखराको लेखनाथमा एक व्यक्तिले श्रीमतीको हत्या गरेका हुन्। पोखरा महानगरपालिका वडा नम्बर ३२ खुदीको खोला भन्ने ठाउँका ५२ वर्षीय ऐनबहादुर गुरुङले ६० वर्षीया श्रीमती श्रीमाया गुरुङको ढुंगाले हानेर हत्या गरेका हुन् ।श्रीमाया ऐनबहादुरकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीको यसअघि नै मृत्यु भइसकेको भने उनको परिवारमा अन्य सदस्य समेत नरहेको बताइएको छ ।

गुरुङलाई प्रहरीले बिहीबार विहान गगनगौंडाबाट पक्राउ गरेको छ । गएराति श्रीमतीको हत्या गरेर घरमै बसेका गुरुङ बिहीबार विहानै खोला तरेर गगनगौंडाफाँटमा डिलमुनी पराल मुनि लुकेर बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । गुरुङले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । राति मादक पदार्थ सेवन गरेर घर जाँदा श्रीमतीसँग विवाद भएकाले हत्या गरेको उनले बताएका छन् । गएराति ९ बजे घर पुगेका गुरुङलाई श्रीमतीले ढिलो आएको भन्दै गाली गरेपछि आफूले ढुंगाले तीन पटक टाउकोमा हानेपछि उनको मृत्यु भएको उनले बताए । ढुंगाले हानेपछि मर्‍यो कि मरेन भनेर आफूले पानी खुवाएको तर नचलमलाएपछि आफू त्यही घरमा सुतेको उनको भनाइ छ । विहान भने पक्राउ पर्ने डरले खोला पारी गएर लुकेको उनले बताए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest