श्रीमान सत्र महिना देखी विदेशमा, श्रीमती ४ महिनाको गर्भवती

Tuesday, September 18th, 2018

श्रीमान विदेश गएको बेला यता श्रीमती गर्भवती भएर जिल्ला प्रहरी कार्यालय पुगेकी छन् । श्रीमान वैदेशिक रोजगारीका लागि मलेशिया गएको १७ महिना पछि श्रीमती ४ महिनाको गर्भवती भएकी हुन् । एक छोरा र चार छोरीलाई श्रीमतीको जिम्मा लगाएर श्रीमान आफ्ना जहान पाल्न र सहज वातावरणमा पारिवारिक जिम्मेवारी बहन गर्नका लागि १७ महिना अगाडी मलेसिया गएका थिए । जेठी छोरी अहिले कक्षामा ८ मा अध्ययन गर्दै गरेको उनको सानो छोरा दुई वर्षको भयो, उनको जीवन सुःख दुःख चल्दै थियो तर केही महिना एकाएक महिनावरी रोकिएपछि ३५ वर्षिया उनी मर्छु भनेर हिँडिन् ।

घरका आफन्तले थाहा पाए, अनि उनलाई बचाएर ल्याएका थिए । वैशाखदेखि नै छिमेकी देवरसँग यौन सम्बन्ध हुदै आएको उनले बताइन् । जेठ १० गते महिनावरी रोकिएपछि मात्रै उनले आफू गर्भवती भएको थाहा पाइन् । सिन्धुपाल्चोकको भोटसीपामा घटेको यो घटनाको शिकार भएकी नाम परिवर्तन सीता (नाम परिवर्तन) देवर नाता पर्ने युवकसँगको सम्बन्धका कारण समस्यामा परेकी छन् । युवक हाल फरार छन् । महिलाको हाल घरमा र माइतीमा दुवै ठाँउमा बस्ने अवस्था नभएपछि शक्ति समुहले सञ्चालन गरेको सुधार गृहमा बसेकी छन् । हाल उनी न्याय माग्न जिल्ला प्रहरी कार्यालय आएकी छन् ।

ति युवकको र मेरो घर लगभग संगै हो उसले मलाई ललाई फकाई गर्यो , उनले भनिन् । पटक पटक सम्बन्ध राख्दै गयो, मेरो घरमा नै आएर सम्बन्ध राख्थ्यो । डर धम्की दिएर पनि सम्बन्ध राख्यो । अहिले मेरो वेहाल बनायो’ केही आफन्तसहित जिल्ला प्रहरी कार्यालयमा आइपुगेकी उनले आफ्नो वेदना प्रहरी कार्यालयमा सुनाइन् ।

विदेशबाट श्रीमानले फोन गरेर आफ्नो घरमा नबस्ने धम्की दिईसकेका छन् उनले भनिन् । श्री केही दिन अघि फोन गर्नुभएको थियो, म बोल्नै सकिन, अब मेरो घरमा बस्नुपर्दैन भन्नुभयो’ नीताले उनले भनिन् ।
पछिल्लो पटक भएको सम्बन्धको आधारमा प्रहरीले युवकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । युवक हाल फरार रहेका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest