संगीतकार संघको साधारणसभा सम्पन्न, मुकारूङ अध्यक्षमा निर्वाचित ।

Sunday, January 17th, 2021

हरिराम पौडेल
काठमाडौं ।
सङ्गीतकार संघ नेपालको १० औं साधारणसभा वरिष्ठ सङ्गीतकार शम्भुजित बास्कोटाको प्रमुख आतिथ्यमा काठमाडौंमा सम्पन्न भएको छ । सो साधारण सभाले पारस मुकारूङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा चेतन सापकोटा, प्रथम उपाध्यक्षमा हरि लम्साल र द्वितीय उपाध्यक्षमा अष्ट लामा निर्वाचित भएका छन् भने महसचिवमा वसन्त सापकोटा, सचिवमा सुदाम थापा र कोषाध्यक्षमा राजेश थापा मगर निर्वाचित भएका छन् । संघका, सदस्यहरूमा जेम्स प्रधान, राजन इशान, कालिप्रसाद बास्कोटा र टङ्क बुढाथोकी निर्वाचित भएका छन् ।


नवनिर्वाचित अध्यक्ष पारस मुकारूङ यस अघि महासचिव थिए । करिव ३ दशकदेखि निरन्तर सङ्गीत सिर्जनामा तल्लीन रहेका पारस मुकारूङले दर्जनौं गीती एल्वमहरु श्रोता माझ ल्याइसकेका छन् । उनी रेडियो नेपालद्वारा २०५९ सालमा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा सङ्गीत तर्फ प्रथम पुरस्कार विजेता हुन् ।

संगीतकार संघ नेपाल पछिल्लो समय कलाकारको प्रतिलिपी अधिकार संरक्षणको क्षेत्रमा सक्रिय रहेको छ ।
नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको रहने नवनिर्वाचित सचिव सुदाम थापाले बताए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest