संगीत खर्चिलो विधा बनेको छ

Wednesday, September 18th, 2019


स्मृति शाही, गायिका
हाल के मा व्यस्त हुनुुहन्छ ?
संगीतकै क्षेत्रमा व्यस्त छु ।
संगीतको क्षेत्रमा सक्रियता केहिले देखि ?
औपचारिक रुपमा २०६४ साल देखि । त्यसो त विद्यालय स्तरमा पनि गीतहरु गाउने गर्दथे ।
गीत कहिले देखि गाउन थाल्नु भयो ?
३, ४ कक्षा पढ्दा देखि विद्यालयका विभिन्न कार्यक्रममा गाउने गर्दथे ।
गायनमा रुचिको प्रष्फुटन कसरी भयो ?
विद्यालयको विभिन्न कार्यक्रमहरुमा गाउदै जादा साथीहरु, गुरुहरुले प्रशंसा गर्नुहुन्थ्यो, त्यो प्रशंसाले नै मैले गाउन सक्ने रहेछु भन्ने आत्मविश्वास बढ्यो ।
संगीत कति समय सिक्नु भयो ?
चार वर्ष भन्दा बढि, त्यसो त अझै पनि सिक्दैछु ।
सांगितिक यात्राका गुरुहरु ?
चण्डिप्रसाद काफ्ले, वि.वि. अनुरागी आदि ।
कस्तो खालको गीत गाउन मन पर्छ ?
सबै खालको, विशेषतः सुगम संगीत पहिले देखिको रुचि पनि हो, विचमा लोकदोहोरी, देउडा र चलचित्रका गीतहरु पनि गाए, मैले गाएका सेन्टिमेन्टल गीत अलि बढि चलेका छन् ।
आगामी दिनमा के कस्ता गीत आउँदैछन् ?
आधुनिक, लोकदोहरी, देउडा, आधुनिक सेन्टिमेन्टल गीत आउदैछन् ।
संगीत बाहेक अरु रुचिका विषयहरु के के हुन् ?
विभिन्न ठाउँ घुम्न मन पर्छ ।
स्वदेश तथा विदेश कति घुम्नु भयो त ?
नेपालका विभिन्न भाग घुमेकी छु, विदेश गएकी छैन ।
संगीतको क्षेत्रमा लागेर दाम कमाउने अवस्था कस्तो छ ?
मेहनत, लगनशिलता र सुरुवाती दिनमा लगानी गर्न सकियो भने कमाउन सकिन्छ । म एक दशक देखि यहि क्षेत्रमा लागेर बाँचिरहेकी छु ।
नेपाली संगीतको वर्तमान अवस्था ?
सकारात्मक र नकारात्मक दुवै पाटाहरु छन्, देश विदेशमा सो हरु गर्न सके धेरै राम्रो छ । तर संगीतमा खर्च धेरै छ । सोचेर मात्रै लाग्नु पर्ने अवस्था छ । गीतबाटै रिटर्न आउने अवस्था कठिन छ । कला मात्रै भएर पनि गाह्रो छ, आर्थिक पाटो पनि दह्रो चाहिन्छ यो क्षेत्रमा ।
एउटा गीत सफल हुन कस्को भूमिका हुन्छ ?
एउटा मात्र पार्टले हुदैन, शब्द, संगीत, स्वर, स्टुडियो, मिक्सिङ, राम्रो भिडियो, प्रचार प्रसार लगायत सबै कुराको तारतम्य हुुनु पर्छ ।
प्रस्तुति ः हरिराम पौडेल

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest