संयुक्त राष्ट्र संघको उच्च पदमा नेपालकी बसुन्धरा खड्का

Sunday, February 24th, 2019

काठमान्डौ, नेपाल प्रहरीकी डिएसपी बसुन्धरा खड्का संयुक्त राष्ट्र संघको उच्च पदमा मनोनयन भएकी छन् । इटालीस्थित राष्ट्रसंघको ग्लोबल सर्भिस सेन्टरको प्रि थ्री तहको पदमा उनी छनोट भएकी हुन् । पि थ्री तहको पदमा विरलै मात्र प्रहरी अधिकारीहरु पुगेका छन् । मनोनयन पश्चात इटालीमा उनी ट्रान्जिसनल क्राइम अफिसरका रुपमा काम गर्ने छिन् । विश्वभरीका प्रहरीबाट उनी सो पदका लागि योग्य छनोट भएकी हुन् । यसअघि राष्ट्रसंघीय शान्ति मिसनमा आफ्नो क्षमता प्रर्दशन गरिसकेकी थिइन् । उनले देखाएको क्षमता र अन्र्तवार्ताका आधारमा उनी उक्त पदमा छानिएकी हुन् ।


डिएसपी खड्का नेपाल प्रहरीकी क्षमतावान प्रहरी अधिकृतका रुपमा परिचित छिन् । उनका श्रीमान दिलिप घिमिरे पनि नेपाल प्रहरीमा डिएसपी छन् । म्याग्दी जिल््लामा समेत डिएसपीको भूमिका निर्वाह गरेकी खड्काले स्थानीय तथा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्न महत्वपूर्ण भूमिका खेलेकी थिईन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest