संविधान कार्यान्वयन गर्न सबैलाई राष्ट्रपतिको आग्रह

Friday, September 20th, 2019

 

-चक्र प्रसाद पोख्रेल
काठमाडौं ः संविधान दिवस, ०७६ का अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छन् ।
यस्तो बताएकी हुन् ।उनले स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छन् ।तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उनले शुभकामना सन्देशमा उल्लेख गरेकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न पनि सबैमा आग्रह गरेकी छन् । ‘लामो संघर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गर्दछु’, राष्ट्रपति भण्डारीले आफ्नो शुभकामना सन्देशमा भनेकी छन् ।त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि दिवसका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यसको कार्यान्वयनमा जुट्न सम्पूर्ण देशवासीमा आह्वान गरेका छन् ।नेपाली जनताको स्वतन्त्रता, राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताको मजबुती र राष्ट्रिय एकताको सुदृढीकरणका लागि संविधान कार्यान्वयनमा जुट्नुपर्ने उपराष्ट्रपति पुनको भनाइ छ ।जनताका जीवनमा परिवर्तन देखा पर्न थालेको भन्दै उनले संविधान कार्यान्वयनका बाँकी कार्य यथाशीघ्र अगाडि बढ्ने विश्वास व्यक्त गरेका छन् ।संविधान र कानूनप्रति हरेक नेपाली जनता पूर्ण जानकार हुनुपर्ने र यसका लागि सरकार र सरोकारवाला पक्षले प्रभावकारी कार्य गर्नुपर्ने उनले बताएका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest