संस्थागत विकास र ब्यवसायिको हितमा लागि पर्छु : सिता बराल

Tuesday, September 11th, 2018

पोखरा उद्योग बाणिज्य संघको आसन्न ३२औ महाधिवेशनकालागि उपमहासचिव पदमा मनोदयन दर्ता गराएकी महिला उद्यमी सिता बरालले उद्यमी ब्यवसायीको साथले उत्साहित भएको बताएकी छिन् । सोमबार उपमहासचिवमा आफ्नो उम्मेदवारी दर्ता गराएकी उनले घरदैलोमा पुग्दा ब्यवसायिको साथ सल्लाह सुझावले आफुलाई निकै हौसला मिलेको बताएकी हुन् । उनले भनिन् ‘ घरदैलोमा पुग्दा उद्यमी ब्यवसायिबाट राम्रो प्रतिक्रिया पाएकी छु, उहाँहरुले हजुर अघि बढ्नुस हामी साथ दिन्छौ भन्नु भएको छ ।’ आफु निर्वाचित भएपछि सम्पुर्ण उद्यमि ब्यवसायिको साझा ब्यक्ति भनेर संस्थागत विकास र ब्यवसायिको हितमा लागिपर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरीन् ।

३१ औ महाधिवेशनमा उद्यमी ब्यवसायिको मन जित्दै अत्याधिक मतका साथ सदस्य पदमा निर्वाचित बराल ब्यवसायी कौशलताका कारण उद्योगी ब्यवसायी बीच लोकप्रिय छिन् । दुई बर्षसम्म महिला उद्यम विकास समिति संयोजक एबं नेपाल उद्योग बाणिज्य महासंघको महिला उद्यम विकास समिति सदस्य भएर कामको अनुभव हासिल गरेकी बरालले महिला उद्यमी मेला २०७५ लाई भब्य रुपमा सफल समेत पारिसकेकी छिन् ।
उद्योग बाणिज्य संघ सबै ब्यवसायिको शान, ब्यवसायिक हक हित र पहिचान अबको अभियान भन्ने मुल मन्त्र सहित संस्थागत विकास र ब्यवसायिक हितका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताउने बरालले महिलाको ब्यवसायिक पहिचानकालागि पनि आफुले नेतृत्वदायि भुमिका खेल्ने बताइन् । उनले भनिन् ‘पोखरा उद्योग बाणिज्य संघको गौरवमय इतिहासलाई अझ उचो राख्न समावेशीता जरुरी छ । सबैले आफ्नो अपनत्व महसुस गर्ने गरी यो संस्थालाई अघि बढाउनु पर्छ ’ बराल भन्छिन् ‘आज पनि महिलाहरु आफ्नो ब्यवसायिक पहिचानकासाथ बाहिर आउन सकेका छैनन् । ब्यवसायको सम्पूर्ण जिम्मेवारी लिएर पनि ब्यवसायिक पहिचानबाट टाढा छन् अब यो कुरालाई स्थापित गर्न ढिला गर्नु हुँदैन ।

उनले आफु कोही कसैको प्रतिस्पर्धी बनेर चुनावी मैदानमा नउत्रेको भन्दै एउटा विशुद्ध ब्यवसायिको रुपमा आफ्नो उम्मेदवारी रहेको जानकारी गराइन् । उनले भनिन ‘म कसैलाई हराउन उम्मेदवारी दिएकी होइन । सम्पूर्ण ब्यवसायिको जितको लागि मेरो उम्मेवारी हो ।’ पोखराको सर्वोपरि विकासकालागि उद्योग विस्तार अपरिहार्य रहेको भन्दै आर्थिक समृद्धिकालागि स्वस्थ व्यवसायमा आफुले जोड दिएको उनको भनाई थियो । घरदैलोमा पुग्दा ब्यवसायिले ब्यवसायिक मैत्री वातावरण नभएको, लगानीको सुरक्षा नभएको, करको मार, विस्थापित बजारहरु, उत्पादित सामानको बजारीकरणको अभाव, बन्द हडतालबाट ब्यवसायमा परेको असर, ब्यवस्थित बसपार्क अभाव, घरभाडामा भएको अप्रत्यासित वृद्धि लगायतका समस्या एवं गुनासोहरुप्रति संघको पहल हुनुपर्नेमा जोड दिएका थिए ।

सामुहिक भावनामा अर्पण, ब्यवसायिक हक हितमा समर्पण भन्ने मुल नारा बोकेको दामु अधिकारी प्यानल मार्फत घरदैलोमा ब्यस्त बरालले आफ्नो टिमको जितले यी समस्यालार्ई प्राथमिकतमा राखेर ब्यवसायि मैत्री वातावरणकालागि काम गर्ने बताइन् । पोखराको न्यूरोडमा चेरिष्मा ईम्पोरियम एण्ड सटिङ सुटिङ सञ्चालन गरिरहेकी बरालसँग सञ्चार क्षेत्रमा काम गरेको लामो अनुभव पनि रहेको छ लायन्स, जेसिस, रोटरी, नारी सेवा समिति , मानव मिलन नारि जागरण लगायत विभिन्न सामाजिक संस्थामा समेत बरालको आबद्धता रहेको छ । उनले ब्यवसायसँग सामाजिक उत्तरदायित्व समेत निर्वाह गर्दै आइरहेकी छिन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest