सञ्जीवनी उपन्यासमा केन्द्रित केही प्रश्न कल्पना श्रेष्ठ कल्प पुञ्जसँग,,

Tuesday, April 24th, 2018

  कल्पना श्रेष्ठ कल्पपुञ्ज

१.तपाईको भखरै आएको सञ्जीवनी उपन्यास अपांङ्तासँग सम्बन्धित विषय वस्तु रहेछ । तपाईलाई यो लेख्न के ले झकझक्यो ?
आफ्नै गाउँ परिवेश, समाज र अपांङ्ता भएका समुदायले पनि गरेका अशल र उदारणिय कार्यले नै मैले यो विषयमा कलम चलाएकी हुँ ।
विकलाङ्ग केटा र केटीमा सामाजिक दृष्टिकोण, मनोविज्ञान र जीवन संघर्षका सवाल फरक हुन्छन् र ?
केही समस्या उस्तै उस्तै रहेपनि, विकलाङ्ग मात्र होईन सवालङ्गको सवालमा पनि महिला पुरुषको प्राकृतिक, सामाजिक कारणले संघर्षका केही पाटाहरु भिन्न हुन्छन् । र पुस्तकमा विकलाङ्गका केही समस्या, हिंसा र सृजनशिलतालाई उजागर गर्न खोजिएको छ । सबै कुरा यसैमा आएको छ पनि म भन्दिन । आशा गरौँ कुनै समय विकलाङ्ग पुरुष पात्रहरुको समस्यालाई लिएर खोजमुलक सृजनाहरु पनि आउँलान् ।
पूजालाई आफ्नो जीवनसंघर्ष गण्डकी अञ्चलकै ग्रामीण परिवेशमा गर्न लगाएको भए पनि हुन्थ्यो नि ? किन त्यो संघर्ष गराउन काठमाडौं ल्याएको होला ?
मलाई लाग्छ सृजना भनेको आफ्नो समय र परिवेशलाई समात्ने कोशिस पनि हो । हो मैले गाउँमा आवाजविहिनको ति कुरा देखे उनीहरुको भोगाई नजिकबाट हेरे । तर यसबारे लेख्ने सोच म शहर आएर जागिरको क्रममा आवाजविहिन एक सुन्दर र संक्षम केटि मसँग आएर ठोकिएको पछि भएको हो । त्यहीबाट यसबारे लेख्ने झिल्को उत्पक्ति भयो । जो मैले शहरमा उहाँहरुको अध्ययनको, हिंसाको संघर्षशिल घटनाहरु देखे ।
यसमा स्त्रीलम्पट, प्रमेश पात्रको जालमा पूजा फसेकी छ । उपन्यासमा पूजा हरेक कुराले आफू सचेत छ भन्ने पनि देखाइएको छ । सबै हिसाबले पारख नगरी ऊसँग पूजा किन फसेकी होली ?
विवाह गर्नु फस्नु होईन । विवाहपूर्वनै मुख्य पात्र आफ्नो समस्याबारे अवगत गरेर प्रमेशसँग टाढिन खोजेको छ । प्रमेशको प्रेमिल सम्बन्धको बारेमा उसले धेरै पटक वहस गरेकी छे । र दिदीहरुको सम्पर्क र सल्लाहमा विहे भएको छ । विवाह भैसकेपछि विशेषगरि नेपाली परिवेशमा झगडा, पारिवारीक समस्या हुना साथ छुटिएर रह्न हाम्रो समाजले त्यति सहज मान्दैन र त्यति सजिलो पनि छैन । अझ उनी अपांङ्ता भएको पात्र उनले पनि पति पत्निको बेमेललाई कुनै दिन सहि मार्गमा आई पुग्छ कि भन्ने समयलाई पर्खिएकी थिईन ।
पूजाकी आमा गाउँमा छिन् । उनका दाजु भाउजू पनि पढेलेखेका छन् । आफ्नो विवाहजस्तो जीवन मोडमा ती आफन्तको गैरउपस्थिति छ । यसरी हेर्दा पूजा आफै स्वेच्छाचारिणी स्वभावकी केटी हो भन्ने लाग्दैन र ?
हो विवाहको निणर्य आफैले रोजेर दिदीहरुको सल्लाहमा हुन लाग्दा उनले घरमा सम्पर्क राखेकिछिन् । शारिरिक समस्या भएको कारण आमाको उपस्थिति छैन ।
प्रमेशले जस्तोसुकै व्यवहार गर्दा पनि विनाप्रतिकार ऊ पिल्सिएर बसेकी छ । आफूले प्रमेशको गर्भ धारण गरेपछि ऊ बढी आक्रोशित र विद्रोहिणी देखिन्छे । किन होला ? के बच्चा जन्माउनु मात्र पूजाको अन्तिम लक्ष्य थियो ?
यी कुरा मैले माथिनै पनि भनिसके । घरपरिवारको झगडा,बैमनस्यता हुनासाथ हामी परिवारसँग छुटिएर बस्ने हो भने त पश्चिमाहरुको जस्तो सम्बन्ध विच्छेदको ताति लाग्थ्यो होला समाजमा । सहनै नसकेपछि छुटिने हो । त्यो पूजाको विद्रोहमा भेटिन्छ । दोस्रो कुरा आवाजविहिन पात्रले बाल्यकालमा भोगेको मनोवैज्ञानिक असर पनि हो । आफ्नो शरिर हुनु जतिकै बच्चा प्रतिको उसको लगाब सानैदेखि छ । शीवा भन्ने बालिकामा भएको घटना र आफ्नो त्यस्तो रौं रौैको चाहनाबाटै बन्चित हुनुपर्ने भएपछि उ विद्रोही बनेकी छे ।
कल्पनाजी, लाग्छ यो तपाईंको पहिलो उपन्यास कृति हो । यसमा तपाईंको भाषा, शैली, मनोविज्ञान विश्लेषण गर्ने क्षमता र परिवेश चित्रण कला प्रशंसनीय छन् । तर पनि म भिन्न प्रश्न गर्छु । हाम्रो सामाजिक धारणा, मान्यता, अवस्था र परिवेशमा एउटी जागिरे गृहिणीले यसरी साहित्य लेख्नु कत्तिको सहज, असहज र चुनौतीपूर्ण हुन्छन् ? आम नारी लेखकलाई भनिदिनोस् न ।
हो यो मेरो पहिलो औपन्यासिक कृति हो । धैर्यता विना लेखक हुन खोेज्नु सम्बवत् असम्भवनै छ । जागिर,परिवार र लेखकियलाई सँगसँगै लग्नु धेरै गाह्रो विषय रहेछ । सृजनाको निम्ति एकान्त अति आवश्यक कुरा हुन । तर नारीका निम्ति कह्यौ चुनौति पार गर्नु जस्तै छ यो ।

पुरुषलाई सत्तोसराप गरेर लेखिएका नारीका रचना समारोहतिर सुन्न पाइन्छ । त्यस्ता पुस्तक पनि पढ्न पाइन्छ । नारीवादी लेखन भनेको पुरुषलाई होच्याउनु र आफू स्वेच्छाचारिणी हुनु समानताको द्योतक हो र ? तपाईंलाई के लाग्छ ?
समाज पुरुष विना पनि रह्न सक्दैन त्यस्तै नारीविना पनि संसार सम्भव छैन । नराम्रा कुरालाई सबैले विद्रोह गर्न सक्छन् । सरापेर मात्र समस्याको समधान हुदैन । तर समस्यालाई उजागर गर्दै संचेतना फैलाउनु आजको साहित्यको आवश्यकता हो ।
फेरि तपाईंलाई व्यक्तिगत प्रश्न गर्छु । तपाईंसँग आफू नारी भएर जन्मनुको पछुतो र पुरुष नहुनुको पश्चात्ताप छ कि छैन ?
नारी हुनुमा मलाई कुनै पछुतो छैन । छोरी मान्छेमा स्नेह र संवेदनशिलता उतिनै प्रखर हुन्छ त्यो मानविय गुण मलाई मन पर्छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest