सधै घेराबन्दीमा नै छन् त ? हाम्रा छोरी चेलीहरु

Monday, August 20th, 2018

जन्म एउटा साइनो अनेक जिम्वेवारीको, कर्तव्य कति त बाध्यता कति, सम्झौता कति पीडा कति, त खुशि कति अनि चुलो चौका देखि देशका गहना र जिम्वेवारी निभाउन सक्ने क्षमता भएका हाम्रा छोरीहरु पछिल्लो समयमा जन्मेर फुल्न नपाई चछुडिन्छन् र बीचमा नै लुछिन्छन् कति । त्यो पनि यौन पीपासुहरुले आफ्नो स्वार्थ पुरा गरेर हत्या गरिदिन्छन् । कहि आफन्तबाट त कहि रक्षा गर्ने भनेर जिम्मा लिएकाहरुबाट । हरेकको मन दुख्छ यस्ता घटनाहरुले जुन देशमा राष्ट्र प्रमुख छोरी भएर सत्ता हाकेकी छन्, त्यहि देश आज महिला हिंसा र कलिला छोरीहरुको बलात्कार पछि हत्याले रोइरहेछ ।
कहिले कन्चनपुर कि नावालिका छोरी बलात्कृत हुन्छिन् र मारिन्छिन् त कहिले झापाकी छोरी, कहिले सिन्धुपाल्चोककी छोरी त कहिले मोरङ्की छोरी या कहिले काठमाण्डौकी छोरी त्यो पनि नावालिका अनि त्यसमा बृद्धा पनि । बढी बलात्कृत हुने चार बर्ष, छ बर्ष, नौ बर्ष यस्तै यस्तै छन् । यस्तै उमेरका बालिका महिला दिनदिनै बालात्कृत हुँदै मारिदा पनि देशको कानून टुलुटुलु हेरिरहन्छ । दुइचार दिन महिला सांसदबाट सदनमा आवाज उठ्छ अनि त्यसै सेलाएर जान्छ । अहिले हामी आमाहरुलाई जवाफ चाहिएको छ भन्देउ सरकार महिलाको लागि कानून कहाँ छ ? यदि कानून छ भने वालिका बलात्कार गरेर मार्ने यौन पिपासुहरुलाई सजाय देउ, होइन भने सधै आमाहरुले रोएर नै जीवन विताउने हो ?
भर्खर छिमेकी देश भारतमा पनि वालिका बलात्कार गर्नेहरुलाई मृत्यु दण्डको माग पारित भएका समाचारहरु प्रकाशन भएका छन् । हाम्रो देशमा पनि कानूनहरु परिमार्जित तर्फ उन्मुख हुन जरुरी देखिन्छ । होइन भने नेपालका छोरीहरुको आशु र पीडा मुकदर्शक बनेर हेर्ने त ? पक्कै पनि यो अन्तराष्«िय कानून विपरित छ ।
बलात्कारीलाई हदैसम्मको सजाय नभएसम्म जतिसुकै महिला ंिहंसाको कुरा उठाए पनि रोकिने छैन । जब सम्म यो देशमा कुमारी भनेर पूजागर्ने निहुँमा रुवाइन्छ छोरी, तब सम्म बलात्कार, हत्याका आवाजहरु सम्बन्धित निकायले सुन्दैनन् । हरेक आमाको कोपीला छोरी वियोगको पीडा सरकारको आशु बन्दैेनन् । यस्ता घटनाहरु दोहोरिन्छन् ।
अनि के छोरीले बााचुन्जेल आफ्नो अस्मिता जोगाउनको लागि पापी दृष्टिबाट संघर्ष गर्न पर्ने हो ? यस्ता कुदृष्टि भएका व्याक्तिलाई गाली गरेर समाजमा आफ्नो परिचय दिन खोज्नु एउटा मुर्खता हो त ?
पछिल्लो समयमा देशभर बन्दै गएको बलात्कार, हत्याको घटनाले एउटा सचेत र हजारौ संवेदनशिल व्याक्तिको शिर निहुरिएको छ । बलात्कारिलाई फाँसी हुनुपर्छ भन्ने आवाज उठिरहेको बेला भइरहको कानून पूर्णरुपमा पालना हुन सकेपनि बलात्कारको घटनामा कमी आउने थियो की ?
बलात्कारका घटना यति धेरै घट्नुमा चेतनाकै कमी हुन सक्छ । अझै पनि समाजमा यौन सम्बन्धि कुरा गर्न बर्जित छ, बालबालिकाहरुलाई सहि यौन शिक्षा दिनको लागि हामी चुकिरहको छौ । यस सम्बन्धि सरकारी तवरबाट पनि चेतनामुलक कार्यक्रमहरु ल्याउन जरुरी देखिन्छ ।
के ति अवोध छोरीहरुलाई बाँच्न पाउने अधिकार थिएन र ? एक आमाको लागि सन्तानको माया कति र उसको भविश्ष्यको लागि कति सजाएका सपनाहरु, सन्तानको वियोगको पीडा ती आमाहरुलाई सोधौ ।
जस्तै देशमा स्थापित दण्डहिनताको संस्कृति अपाधमा राजनीतिक तवरहरुले संरक्षण गर्दा बलात्कारीले भित्र मैले जे गर्दा पनि हुन्छ कसले के गर्न सकछ भन्ने अपराधिक मानसिकताको विकास भएको हुन सकछ । यसको लागि उनीहरुलाई उन्मुक्ति दिन हाम्रो समाज पनि दोषि छ । कहि कतै हरेक अभिभावक दोषि छन्, अनि मुख्य दोषि बनेको छ राजनैतिक दल र सरकार । अपराधिलाई रानजैतिक संरक्षणमा राख्नु आफ्ना कार्यकर्ता या त्यो सँग समबिन्धत भएको नाताले उसलाई कारवाहिबाट जोगाउने प्रवृति हटिसकेको छैन । जब सम्म त्यो हट्दैन देशमा भएको कानूनले पनि काम गर्न सकदैन । अझैपनि हाम्रो देशमा एउटा युद्धको आवश्यकता छ जसले विनास होइन विकास ल्याओस्, निकास ल्याओस्, आपसि कलह होइन मेल मिलाप र पूर्ण सद्भाव युक्त समाजको परिकल्पना गरोस् अनि छोरीले जुन सुकै समयमा पनि स्वतन्त्र भएका कुनै डर त्रास विना काम गर्न र हिड्डुल गर्न सकुन् । कोपीला छोरीहरुले फक्रन नपाउदै चुडिन नपरोस्, निर्दोष आमाहरु अवोध छोरीहरुको सपनाका मलामी जान नपरोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest