सप्तरीमा बोक्सी आरोपमा कुटपिट

Sunday, October 14th, 2018


रुकु वास्कोटा ,
काठमाण्डौ ः सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा न. ८ तोपाकी रामबत्तिदेवी खङ्गलाइ स्थानीयहरुले बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका छन् ।स्थानीय नारायण खंगका ८ वर्षीय छोरा महेशकुमार खंगको केही महिनाअघि मृत्यु भएको र बोक्सीले खाएको भन्दै रिसका कारण तोपाकी ४५ वर्षीया खङ्गलाई बोक्सीको आरोपमा निर्घात कुटपिट गरेका हुन् ।
नारायण खङ्ग र उनकी श्रीमती किसनीदेवी खङ्ग, छोरा, छोरी र बुहारीसमेत मिलेर हात खुटा बाँधी निर्घात कुटपिट गरेको पीडित महिलाले बताएकी छन । उनका श्रीमान दुई वर्षदेखि वैदेशिक रोजगारीमा मलेसियामा छन । पीडित महिलाले यसअघि पनि उनीहरुले पटक–पटक आफूमाथि बोक्सीको आरोपमा कुटपिट गर्दै आएको बताएकी छन । कुटपिटबाट घाइते खङ्गको राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा उपचार भैरहेको र घटनाको थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest