सरकारको प्रवक्तामा मन्त्री पार्वत गुरुङ्

Monday, October 19th, 2020

 


महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट गत २८ गतेबाट सञ्चार मन्त्रालयको जिम्वेवारी पाएका मन्त्री पार्वत गुरुङ्ले सरकारको प्रवक्ताको जिम्वेवारी समेत पाएका छन् ।
मन्त्रीपरिषद्ले प्रवक्ताको जिम्मेवारी गुरुङलाई दिने निर्णय गरेको बालुवाटार स्रोतले जनाएको छ ।
मन्त्री गुरुङलाई प्रवक्ताको जिम्मेवारी सोमबारदेखि नै लागू हुने गरी दिने तयारी छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ताको भूमिकामा थिए । गुरुङ वर्तमान सरकारका चौथो प्रवक्ता हुन् ।
प्रवक्ताको जिम्मेवारीमा रहेका सञ्चारमन्त्री गोकुल बाँस्कोटा पदमुक्त भएपछि तत्कालीन अर्थमन्त्री युवराज खतिवडालाई प्रवक्ताको जिम्मेवारी दिइएको थियो । उनी पनि पदमुक्त भएपछि परराष्ट्रमन्त्री ज्ञवाली प्रवक्ता बने ।
महिला वालकालिका तथा जेष्ठ मन्त्रालय सम्हालेका गुरुङ्ले उक्त मन्त्रालयमा रहदा केहि उल्लेखनीय कामहरु गरेका थिए जसले गर्दा सञ्चार मन्त्रालय सम्हाल्न शुरुगरे सँगै सञ्चार क्षेत्रको विकासका लागि पनि उल्खनीय काम गर्ने आम सञ्चारकर्मीहरुले अपेक्षा राखेका छन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest