सरकारी अस्पतालले फिर्ता पठाएपछि गर्ववतीको मृत्यु

Friday, September 11th, 2020

 

२६ भदौ, । प्रसूति व्यथाले च्यापेकी विराटनगर महानगरपालिका ६ की ३० वर्षीया विमला ऋषिदेवको प्राइभेट अस्पतालमा उपचार गराउनको लागि पैसाको जोहो गर्दा गर्दै ज्यान गुमाइन । उनलाई आफन्तले बुधबार राति करिब १ बजेतिर कोशी अस्पताल ल्याएका थिए । प्रसव पीडामा रहेकी उनलाई अस्पतालले भर्ना लिन मानेन । कम्जोर आर्थिक अवस्था भएका उनीहरुसँग निजी अस्पताल लैजान खर्च थिएन ।

सुकुमबासी टोलमा बसोबास गर्दै आएका विमलाको परिवारसँग अन्तिम संस्कारका लागि समेत पैसा थिएन । शव उठाउनै समस्या भएपछि नेपाली कांग्रेसका प्रदेश १ सचेतक केदार कार्कीले सहयोग गरे र विमलाको अन्तिम संस्कार भयो ।
यसअघि दुईपटक शल्यक्रिया गरेर प्रसूति गराइसकेकाले तेस्रो पटक शल्यक्रिया गर्न नमिल्ने भन्दै कोशी अस्पतालले फिर्ता पठाएको थियो । विमलाकी ९ र ३ वर्षकी दुई छोरी छन् । अढाई वर्षका छोराको एक वर्षअघि खोलामा डुबेर मृत्यु भएको थियो ।
ज्याला मजदुरी गरेर जीविका चलाउदै आएको ऋषिदेव परिवारसँग निजी अस्पताल जानको लागि पैसा थिएन । सरकारी अस्पतालले फर्काएपछि उनीहरुको जाने ठाउँ कतै भएन’
कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. चुमनलाल दासले प्रसूतिका लागि ल्याइएका गर्भवती महिलालाई अस्पतालले कुनै पनि अवस्थामा फिर्ता पठाउन नमिल्ने बताउँछन् । कसैले फिर्ता पठाएको भए छानविन गरी कारबाही गर्ने उनी बताउछन् ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest