सर्वगुण सम्पन्न नरिवल पानी

Thursday, September 19th, 2019


 
नरिवल गर्मी मौसममा हुने फल हो । बिशेष गरी नरिवल झापा मोरङ्ग लगायत नेपालको तराई क्षेत्रमा पाइने फल हो । नरिवल पानी झाडापखाला, उल्टी आउदा या पसिना शरीरबाट धेरै आयो भने पानीको कमीलाई पुरा गर्नको लागी सबैभन्दा राम्रो स्रोत हो । नरिवल पानीमा पाइने पोषकतत्व सोडियम, पोटासियम जस्ता केहि खनिजले इलेक्ट्रेलाइट्सको रुपमा काम गर्दछ र हाम्रो शरीरमा पानीको स्तरलाई संतुलित गर्नको लागि सहयोग पुर्याउद छ । धेरै समय गर्मीमा काम गरेपश्चात या बसे पश्चात नरिवल पानी पीउनुभयो भने शरीरमा पानी र उर्जा दुबै मिल्छ ।
नरिवल पानी मुटुरोगीको लागी पनि अचुक औषधि हो । यसले कम घनत्व भएको लिपोप्रोटिनलाई कम गर्छ र बढि घनत्व भएको लिपोप्रोटिनको स्तर बढाउन सहयोग पुर्याउछ जसको कारण मुटुरोगको जोखिमबाट बचाउँछ । नरिवल पानी वजन घटाउनको लागी पनि काम गर्छ । यसमा कम क्यालोरी र पचाउन पनि सहज हुन्छ । वजन घटाउनको लागी हप्तामा ८ गीलास चारपटक पीउनुहोस् । यो हल्का र ताजा पेयपदार्थमा विभिन्न बायोएक्टिभ एन्जाइम हुन्छ जसले पाचनशक्ति बढाउनमा उपयोगी हुन्छ । नरिवल पानी पोटाशियममा समृद्ध हुन्छ यसले सोडियमलाई बाहिर निकाल्न सहयोग गर्दछ । शरीरमा अतिरिक्त सोडियमले पानीको वजन बाढाउन सहयोग गर्छ भने नरिवल पानीले हाम्रो शरीरको अतिरिक्त पानीको साथसाथै बिषाक्त पदार्थलाई पनि बाहिर निकाल्न सहयोगी बन्छ । गर्भाअवस्थाका महिलालाई कैयांै प्रकारको पोषक तत्व आवश्यक हुन्छ । पोषकतत्व गर्भवती महिलालाई मात्र होइन उसको गर्भमा हुर्किरहेको बच्चाको स्वास्थ्यकोलागी पनि अत्यान्तै आवश्यक हुन्छ । यस्तोमा नरिवल पानी एक प्राकृतिक र पोषण तत्वले भरिपूर्ण लवण युक्त पेय पदार्थ हो जसले गर्भवती महिलालाई पोषण सँग जाडिएको कैयांै आवश्यकता पूरा गर्नमा सहयोगी बन्छ ।
गर्भावस्थामा मर्निङ्ग सिक्नेस, कब्जियत, थकान हटाउन सहयोगी बन्छ । यसको साथै यसले रोग प्रतिरोधात्मक क्षमता बढाउन, शरीरमा रगतको मात्रा बढाउन, युरिन इन्फेक्सन हटाउन र रक्तचापलाई कमगर्न पनि सहयोग गर्दछ । नरिवल पानी मधुमेहका रोगीहरुको लागी पनि अत्यान्तै राम्रो हुन्छ । यसमा पाइने तत्वले शरीरमा शुगरको लेवललाई नियन्त्रित राख्दछ । स्वास्थ्य शरीरको साथै स्वास्थ्य छालाको लागी पनि नरिवल पानी उपयोगी हुन्छ । तपाईको छालालाई नरम र ग्लो बनाइराख्नको लागी हरेक दिन नरिवल पानी पिउनुहोस् । यसले छालालाई पोषण र हाइड्रेट गर्दछ । यसको साथै नरिवलको पेस्ट बनाएर दुइ चम्चा चन्दन पाउडरको साथमा नरिवल पानी मिसाएर अनुहारमा लगाउनुहोस् र सुकेपछि धुनुहोस् तपाईको अनुहार चम्किलो हुन्छ । नरिवल पानीमा एन्टीअक्सिडेन्ट गुण हुने कारण लिवरमा कैयौं प्रकारका बिषाक्त गतिविधिलाई कमगर्दछ त्यस्तै यसमा एमिनो एसिड एलानिन हुन्छ जसले सुगरलाई उर्जामा परिवर्तन गरेर अनावश्यक विषाक्त पर्दार्थलाई हटाउन सहयोग गर्दछ र लिभरको सुरक्षा गर्दछ । त्यसैले यो मौसममा नरिवल पानी पीएर फाइदा लिन नबिर्षनुहोस् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest