सर्वनाममा थारु भषाको नाटक ‘करोट’

Thursday, December 27th, 2018

काठमाण्डौ ः धेरै पछी सर्वनाम थिएटरमा थारु भाषाको नाटक ‘करोट’ मञ्चन भइरहेको छ , दुई वर्षअघि सुशील चौधरीको लेखन तथा प्रणव आकाशकै निर्देशन रहेको ‘भुरभुरा रहर’ नाटक मञ्चन पछीनाटक ‘करोट’ गत शुक्रबारदेखि सर्वनाम थिएटरमा मञ्चन भइरहेको हो । प्रणव आकाशको लेखन तथा निर्देशनमा तयार भएको नाटक थारु समुदायको मध्यमस्तरी परिवारमा लालचले निम्त्याएको कथा समेटिएको छ निर्देशक प्रणव आकाशले नाटकमा पनि सुनले निम्त्याएको कलहलाई देखाउन खोजेका छन्।
नाटकमा परिवारको कथासँगै थारू समाज, संस्कृतिको समेत अवलोकन गर्न पाइनेछ। जहाँ एउटा घरको सजावटदेखि माछा मारेको लगायतका दृष्य समेत हामीले हेर्न पाउनेछौँ। नाटकमा परम्परागत थारू संस्कार र थारू समाज देखाउन नाटकका निर्देशक र कलारकारले उत्तिकै मेहनत गरेका छन् । 
नाटकमा इन्द्र चौधरी, सुनिता चौधरी, दीपक पछलदंगिया, शान्ति चौधरी, निरज चौधरी, भूमिका चौधरी र उर्मिला थारूको अभिनय देख्न पाईन्छ। एक घन्टा लामो नाटक बिहीबारबाहेक हरेक दिन साँझ ५ बजे र शनिबार भने १ बजे अतिरिक्त सो मञ्चन हुनेछ । नाटक पुस २१ गतेसम्म लाग्नेछ ।साथै काठमाण्डौ लगतै यो नाटक उपत्यका बाहिर तराइका जिल्लाहरुमा पनि देखाइने छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest