सर्वनाममा नाटक ‘ऋतु चर्या’

Sunday, January 12th, 2020

चक्र प्रसाद पोख्रेल
काठमाडौ :सर्वनाममा यतिवेला नाटक ‘ऋतु चर्या’ मञ्चन भइरहेको छ ।सर्वनामका १५ औँ प्रशिक्षार्थी समूहले लेखन, निर्देशन तथा अभिनय गरेको नाटक ‘ऋतु चर्या’ शनिबारदेखि मञ्चन भइरहेको छ । नाटकमा ६ ऋतुहरुमा आउने परिवर्तनसँग युवाहरूको मनोभावलाई जोड्न खोजिएको छ ।
समसामयिक विषयवस्तुलाई जोडेर तयार पारेको यस नाटकले विशेषगरी अहिले मोवाइल ,इन्टरनेट लगायत सामाजिक संञ्जालले पारेको असरलाई देखाइएको छ भने छोराछोरिलाई आवश्यक भन्दा बढी माया गरेमा के कस्तो असर पर्छ भन्ने कुरा यस नाटकमार्फत देखाइएको छ ।साथै हाल बालबालिका तथा अन्य व्याक्ती जतिबेलापनि गेममा झुमिने समस्यालाई नाटकमा देखाइएको छ । नाटकमा कलाकारहरुले आफुले गरेका गल्तीहरुलाई अन्तीममा पशचाताप गरेको पाइन्छ ।
नाटकमा विमल लामिछाने, दिपेन्द्र केसी, इन्दिरा पाठक, केवल सुब्बा, मनिष अर्याल प्रितम सागर शर्मा, रमेश बज्रचार्य, रिजेश तामाङ, रिभान मुस्कान राई, रिया भारती, सन्दिप समर्पण, सुमन गुरुङ, शान्ती डंगौरा र शोभा कार्कीको अभिनय रहेको नाटक माघ ५ गतेसम्म मञ्चमा रहनेछ ।नाटक बिहिबार बाहेक हरेक साँझ ५ बजे र शनिबार अतिरिक्त शो दिउसो १ बजे पनि मञ्चन हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest