सर्वा्धिक कमाई गर्ने ‘ बलिउडका ५ फिल्म

Sunday, December 16th, 2018

चक्र प्रसाद पोख्रेल
काठमाण्डौ ः बलिउड फिल्म उद्योगका लागि सन् २०१८ सफल वर्ष सावित भयो । यस वर्ष कयौं फिल्मले धेरै राम्रो कमाई गरे । केही फिल्मले त ३ सय करोडसम्मको कमाई गर्न सफल भए ।ठूलो बजेटका फिल्म बाहेक थोरै लगानीमा बनेका फिल्मले समेत नसोचेको व्यापार गर्न सफल भए । सन् २०१८ को अन्तमा आई पुग्दा यस बर्षका सर्वा्धिक कमाई गर्ने सफल फिल्म मध्ये सर्वा्धिक कमाई गर्न सफल ५ वटा फिल्म यसप्रकार छन ।
सञ्जु ः

निर्देशक राज कुमार हिरानीको निर्देशनमा बनेको फिल्म सञ्जु यस वर्षको सर्वा्धिक हिट फिल्म बन्न सफल बन्यो । फिल्म सञ्जु’ अभिनेता सञ्जय दत्तको जीवन कहानीमा बनेको फिल्म हो । यस फिल्ममा अभिनेता सञ्जय दत्तको भूमिकामा अभिनेता रणबिर कपूरले गरेको अभिनयको सर्वा्धिक चर्चा भयो । फिल्म ‘सञ्जु’ मा अभिनेता रणवीर कपूरका साथै परेश रावल, मनिषा कोइराला, विक्की कौशल, सोनम कपूर, दिया मिर्जा, अनुष्का शर्मालगायत कलाकारको अभिनय रहेको थियो । फिल्म ‘सञ्जु’ ले आमिर खानको फिल्म ‘पीके’ रेकर्डसमेत तोडिदियो । फिल्म ‘पीके’ ले ३४० करोड कमाएको थियो । १ सय करोडको लगानीमा बनेको फिल्म ‘सञ्जु’ ले ३४१.२२ को ब्यापार गरेको थियो ।
पद्मावत :
निर्देशक सञ्जय लीला भन्सालीको फिल्म ‘पद्मावत’ लामो समयको विवाद पछि प्रदर्शन भएको थियो । पद्यावतले प्रर्दशन हुनु अघि जति विवादको सामना गर्नु परेको थियो पर्दशन पछि बलिउड फिल्म उद्योगमा त्यति नै किर्तिमान राख्न सफल भयो ।यस फिल्ममा अभिनेत्री दीपिका पादुकोण रानी पद्यावतीको भूमिकामा थिइन् भने अभिनेता शाहिद कपूर र रणवीर सिंहको पनि मुख्य भूमिका रहेको थियो । फिल्म ‘पद्यावत’ ले ३०० करोडको व्यापार गर्न सफल भएको थियो । सुपरस्टार रजनीकान्त र अक्षय कुमारको विभिन्न भाषामा प्रर्दशन भएको फिल्म

‘२.०’ :
‘२.०’ ले ७१० करोड भन्दा धेरै कमाई गरिसकेको छ । यो फिल्म ‘बाहुबली २’ पछिको सर्वा्धिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ । यो फिल्म अहिले पनि प्रदर्शमै रहेको छ । २.०’ को हिन्दी भर्जनले १७७ करोड कमाई गरिसकेको छ भने फिल्मले २०० करोडको व्यापार गर्नसक्ने अनुमान गरिएको छ । यो फिल्मलाई तमिल, तेलुगू र हीन्दी गरि ८ हजार ८ सय स्क्रीन्समा रिलिज गरिएको थियो ।
रेस ः
फिल्म ‘रेस ३’ सलमान खानको खराब फिल्म मध्यको एक हो भन्दा फरक नपर्ला । फिल्म पर्दशन पछि सलमान खानको निकै मजाक पनि उडाइयो । तर बक्स अफिसको कुरा गर्दा १६९ करोडको व्यापार गरेको थियो ।१५० करोडको लगानीमा बनेको फिल्म ‘रेस ३’ मा सलमान खानका साथै अभिनेता बबी देवल, अनील कपूर, ज्याकलीन फर्ना्न्डिस र डेजी शाहको मुख्य भूमिका रहेको थियो ।
बागी २ ः
अभिनेता टाइगर श्राफ उनको दमदार एक्शनले भरपुर फिल्म ‘बागी २’ ले पनि बक्स अफिसमा राम्रो ब्यापार गर्न सफल भयो । अभिनेता टाइगर उनको एक्शनका कारण दर्शकलाई फिल्महल तर्फ आकर्षित गर्न सफल रहे । ६० करोडको लगानीमा बनेको यस फिल्मले १६५ करोड रुपैयाँ कमाउन सफल भयो । यस फिल्ममा अभिनेता टाइगर श्राफको जोडीको रुपमा उनकी वास्तविक जीवनकी प्रेमिका दिशा पाटनीको अभिनय रहेको थियो ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest