सहरी मन्त्री राईको पहलमा भेरी अञ्चल अस्पतालमा ईन्डोर ब्लक निर्माण

Thursday, January 31st, 2019

 

 


माघ १७, २०७५ः सहरी विकास मन्त्री मोहम्मद ईश्तियाक राईको विशेष पहलमा भेरी अञ्चल अस्पताल नेपालगन्जमा विरामीहरुका लागि इन्डोर ब्लक निर्माण हुने भएको छ । सहरी विकास मन्त्री राईले जिम्मेवारी सम्हालेसँगै इन्डोर ब्लक निर्माणका लागि निरन्तर पहलकदमी लिँदै आएका थिए ।
मन्त्री राईले संसदीय चुनावमा नै भेरी अञ्चल अस्पताललाई पाँच सय शैयाको सुविधासम्पन्न अस्पताल बनाउन पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए । मन्त्री राईको सक्रियतामा स्वास्थ्य मन्त्रालयले असोज १७ गते अर्थ मन्त्रालयलाई पत्राचार गरी भेरी अञ्चल अस्पतालको आवास तथा नयाँ इन्डोर भवन निर्माणका लागि सहमती माग गरेको थियो । सोही बमोजिम कार्तिक ८ गतेको मन्त्रीस्तरीय निर्णयबाट इन्डोर ब्लक निर्माण कार्य अघि बढाउन अर्थ मन्त्रालयले सहमति प्रदान गरेको हो ।
सहरी विकास मन्त्री राईको पहलमा यसअघि भेरी अञ्चल अस्पतालमा क्याथ ल्याब (मुटु रोग सम्बन्धी) निर्माणको लागि अर्थ मन्त्रालयले डेढ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको थियो । सहरी विकास मन्त्रीको जिम्मेवारी पाए लगत्तै राईले भेरी अञ्चल अस्पतालको स्तरबृद्धिका लागि आफूले सक्दो पहल गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।
संघीय समाजवादी फोरम नेपालबाट सरकारमा सहभागि भएका मन्त्री राईले स्वास्थ्य मन्त्रालयमार्फत भेरी अञ्चल अस्पतालको स्तरोन्नतीका लागि अग्रसरता देखाएका छन्् । मन्त्री राईका अनुशार भेरी अञ्चल अस्पतालको स्तरबृद्धि गर्दै ५ सय शययाको बनाउन पहल भईरहेको छ । चाँडै नै भेरी अञ्चल अस्पताललाई अत्याधुनिक सुविधायुक्त बनाउन मेरो पहल जारी रहने छ । उनले भनेः भेरी अञ्चल अस्पतालमा स्वास्थ्यकर्र्मीहरुका लागि आवासीय भवन र विरामीहरुका लागि ईन्डोर भवन बनाउन १२ बर्षअघि देखि पहल भईरहेता पनि सार्थक हुन सकेको थिएन । भेरी अञ्चल अस्पतालमा हाल १ सय ५० शैया रहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest