साउनको ड्रेसमा कलर कम्बिनेसन

Tuesday, July 24th, 2018

फेसन वा ड्रेसअपमा कपडा मात्र नभएर रङको निकै ठूलो महत्व हुन्छ । उसो त मान्छेको जीवनमै रङको प्रभाव हुन्छ । र, हरेक मानिको आ–आफ्नै फेभरेट रङ हुन्छ । तर, कहिलेकाहीँ वातावरणले पनि कपडाको रङलाई निर्धारण गर्छ । जस्तो कि साउनको महिनामा हरियो र पहेँलो रङको बढी प्रयोग हुन्छ । यसमा वातावरणको त भूमिका छ नै, धर्मले पनि भूमिका खेलिरहेको हुन्छ । प्रकृति हरियो हुने भएकाले हरियो रङसँग मानिस धेरै नजिक हुन्छ ।

– साउन महिनामा प्रकृतिसँग जोडिन र शीतल अनुभूत गर्न हरियो र पहेँलो रङको कपडा पहिरिने प्रचलन छ । बढी मात्रामा पुरुषले पहेँलो लगाउन मन पराउँछन् भने महिलाले हरियो र पहेँलो दुवै रङका कपडा लगाउँछन् ।

– यसरी रङको कम्बिनेसनमा धागो, टीका, चुरा लगाउन सकिन्छ । त्यस्तै साडी, कुर्ता, टिसर्ट पनि यस्ता रङका प्रयोग गर्न सकिन्छ ।
– कपडाको प्रिन्टमा एल्लो फ्लेभर दिन सकिन्छ । त्यसमा पहेँलो पत्ता प्रयोग गर्न सकिन्छ । पहेँलो फूलमा हरियो पत्ता भएको प्रिन्ट र रातोमा हरियो बुट्टाको कम्बिनेसन पनि फेसनमा छ ।

– ड्रेससँग लगाउने फुटवेयर पनि त्यहीअनुसारको हुँदा राम्रो हुन्छ । यस्तो मौसममा खुट्टाको औँला देखिने खालका चप्पल लगाउँदा राम्रो हुन्छ । पानी पर्ने भएकाले पानीमा नबिग्रने खालका प्लास्टिकका चप्पल पनि लगाउन सकिन्छ ।

– आफ्नो बडी पोस्चर र अनुहारको रङअनुसार कपडाको रङ छनोट गर्न सकिन्छ । त्यस्तै, हाइटअुनसार ड्रेसको छनोट गर्न सकिन्छ ।

– ड्रेसको छनोट गर्दा कम्मरदेखि माथिको भागमा प्रिन्टेड राम्रो हुन्छ भने कम्मरभन्दा तलको भागमा सिंगल कलर सुहाउँछ ।

– विशेषगरी महिलाले कम्मरभन्दा मुनि स्कर्ट, वानपिस, हापपेन्ट, कलरफुल पाइन्ट र गाढा कलर छनोट गर्दा आकर्षक देखिन मद्दत पुग्छ ।

– आउटडोरमा प्रिन्टेड कलरका कपडा राम्रो हुन्छ । यस्तो वेला ब्राइट कलर राम्रो हुन्छ भने इन्डोर कार्यक्रमका लागि डार्क लाइट कलर राम्रो हुन्छ ।

– विशेषगरी, टिनएजर्सहरूका लागि मल्टी कलर सुहाउँछ । बच्चाको ड्रेस कलर छनोट गर्दा भने बुट्टेदार र उज्यालो हुँदा राम्रो हुन्छ । नयाँ पत्रिकाबाट

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest