साउन महिनाको मासिक राशिफल

Sunday, July 22nd, 2018


प्रेमप्रसाद पराजुली
वास्तुविद्, ज्योतिषाचार्य
मेष : समयको ख्याल नगर्दा कार्यमा अवरोध तथा आर्थिक नोक्सानी हुनेछ, आलस्यता बढेर जाने छ । यात्राको अवसर एवं पारिवारिक सुख तथा सन्तान सुख मिल्ने छ । आर्थिक प्रगतिमा दाजुभाई नै बाधक बन्नेछन् । स्वास्थ्यमा ख्याल राख्नुहोला, शिक्षामा भने प्रगति हुन समय लाग्ने छ । छिमेकीसँग होसियार भएर काम गर्नुहोला शुभ अंक १, रगं सेतो, रातो र दक्षिण दिशा शुभ रहेको छ ।
वृष : शत्रुले सताउनेछन् । बिनाकारण दण्ड सजाय तिर्नु पर्नेछ भने स्वास्थ्यमा सुधार अउने छ । राजनीतिमा सफलतामिल्ने छैन् । अध्यायन, अध्यापनमा विवाद आउने छ, घर, जग्गा र सवारीमा लगानी हुनसक्छ । अकस्समात यात्रा हुनुका साथै दाम्पत्य जीवनमा माधुरर्यता आउनेछ । यो महिनाको लागी शुभ अंक ९ रंग हरियो र पुर्व दिशा शुभ रहेका छन् ।
मिथुन  :भविष्यको लागी केहि योजना तथा परिश्रम गर्नुपर्नेछ । गोपनीयतामा काम गर्नुहोला अन्यथा परिणाम नराम्रो आउन सक्छ । विरोधी गर्नेहरु धेरै छन् । धेरै परिश्रम गरेर मात्र सफलता मिल्ने छ । विश्वास गरेकाले धोका दिने सम्भावना वढिरहेको छ । सवारी साधनबाट होसियार हुनुहोला, सामाजिक काम कार्यमा सहभागी हुनुपर्ला । यो महिनाको लागी शुभ अंक ७, कालो रंग, पश्चिम दिशा शुभ रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप तथा मन्दिरमा पंहेलो बस्त्र चढाउदा राम्रो हुनेछ ।
कर्कट  :धनमाल हराउने तथा चोरी हुने योग रहेको छ । व्यापारमा इच्छा अनुसार फाइदा मिल्ने छैन् । पति पत्नी बिचमा विवाद आउने र अरु व्यक्तिहरुले अपमान गर्ने योग रहेको छ । प्रेमप्रस्तावमा नपर्नुमा उचि देखिन्छ । शिक्षाको लागी भने परिश्रम धेरै गर्नुपर्ला । यो महिनाको लागी शुभ अंक ७, शुभ रगं रातो, शुभ दिशा पूर्व रहेको छ । ॐ नम शिवाय नमः मन्त्र जप तथा मन्दिरमा त्रिशुल चढाउदा राम्रो हुनेछ ।
सिंह :उच्चशिक्षाको लागी बिदेश तथा शिपसिक्नको लागी यात्रा गर्नुपर्नेछ । मनमा शान्ति आउने छ । आफ्नै प्रयासबाटमात्र कार्यमा सफलता मिल्ने छ । व्यापार, कृषि तथा शैक्षिकस्तरमा राम्रो छ भने राजनीतिमा खासै राम्रो छैन् । दाजुभाईको काम गर्नुपर्ने तर जश मिल्ने छैन् । धार्मिक काम काजमा सहभागी तथा यात्रा रमाईलो हुनेछ । यो महिनाको लागी शुभ अंक ४ र शुभरंग रातो, हल्का खैरो, पश्चिम दिशा शुभ रहेकोछ । ॐ त्रस्ीं त्रस्ीं स्वाहा मन्त्र जप र अविर दान गर्दा राम्रो हुनेछ ।
कन्या  :सामाजिक कार्यबाट असन्तुष्टी हुनुपर्ने छ । अवरोध एवं रमाइलो यात्रा हुन सक्छ, व्यापार व्यावसायमा प्रगती मिल्ने छ । साथीभाईको कारण जरिवाना तथा बिनाकारण खर्च हुनेछ । अति प्रिय व्यक्तिहरु संग शत्रुता वढेर जाने हुँदा होसियारीका साथ काम गर्नुहोला । आर्थिक अवस्थामा भने केहि सुधार हुने सम्भावना रहेको छ । यो महिनाको लागी शुभ अंक ५, शुभ रगं रातो, शुभ दिशा पुर्वरहेको छ । ॐ ह्री ॐ मन्त्र जप तथा साना साना केटा केटिहरुलाई भोजन गराउदा राम्रो हुनेछ ।
तुला :आर्थिक पक्षमा सफलता मिल्नेछ । घरपरिवारको काम काजमा व्यस्त तथा स्वास्थ्यमा केहि समस्या आउन सक्छ । बैदेशिक क्षेत्रबाट नोक्सानी, यात्रामा रमाईलो हुनेछ । तर्क गर्ने बानीले गर्दा बिवादमा परिनेछ । सन्तानको लागी भने धेरै चिन्ता लिनुपर्ला, परिवारको सरसल्लहमा कार्य गर्दा उचित हुनुका साथै रोकिएको धन सम्पत्ति प्राप्त हुनेछ । यो महिनाका लागी शुभ अंक ८ रातो रगं, पश्चिम दिशा शुभ रहेकोछ । ॐ गोबिन्दाय नमः मन्त्र जप तथा पशुलाई दाना दिँदा राम्रो हुनेछ ।
वृश्चिक :स्वस्थ्यमा समस्या आउने हुुदाँ खानपानमा बिचार पु¥याउनु होला । कुराकाटनेहरु धेरै हुनेछन् । अध्यान तथा अध्यापनमा रुचि खासै हुनेछैन् । व्यापारमा घाटा आउन सक्छ बिचार पु¥याउनुहोला । छिमेकी सँग बिवाद पर्न सक्ने तथा पेटको समस्याले सताउन सक्छ । बेला बेलामा परिवारमा बिवाद तथा सवारी साधनबाट नोक्सानी व्योहोर्नुपर्ला । यो महिनाको लागी शुभ अंक ६, रंग रातो, पश्चिम दिशा शुभ ॐ परमेश्वराय नमः मन्त्र जप गर्दा शुभ तथा सेतो बस्त्र दान गर्दा प्रगती हुनेछ ।
धनु :आय–आर्जनमा प्रगती हुनेछ । निर्णय अभावका कारण कार्यमा बिलम्ब हुनसक्छ । सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्न सक्छ । यात्रामा कठिनाइ आउने छ । मानसिक थकानका साथै आर्थिक नोक्सानी हुने छ । जति परिश्रम गरेता पनि जश मिल्ने छैन् । धार्मिक कार्यमा मनजानेछ । यो महिनाको लागी शुभ अंक ५, शुभ रङ्ग मिश्रित, पुर्व्दिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा गुलिलो पदार्थ दान गर्दा प्रगती हुनेछ ।
मकर :सामान्य कुराकानीमा पनि विवाद हुन सक्छ । रमाइलो यात्रा हुनुका साथै सन्तान सुख तथा श्रीमान श्रीमती बीच मतभेद हुनेछ । सामाजिक कार्यले आर्थिक नोक्सानी निम्त्याउने छ । व्यापार व्यवसायमा अरुले रिस गर्नेछन् । बैदेशिक काम काजमा ढिला सुस्ती हुने योग रहेको हुँदा ध्यान दिएर काम गर्नुहोला । शुभ अंक ६,७, पंहेलो रंग, पश्चिम दिशा शुभ ॐ गोविन्दाय नमः मन्त्र जप तथा तेल दान गर्दा राम्रो हुनेछ ।
कुम्भ :बैदेशिक यात्रामा कठिनाई हुनेछ । मनमा अशान्ती हुने वातावरण परिवारले गने । प्रतिस्पर्धाबाट नै कार्य तथा व्यापारमा सफलता मिल्ने छ । बिश्वास गरेका व्यक्तिहरुबाट नै अपमान हुनु्पर्ने छ । जग्गा जमिनमा फाइदाको कुराकानी गरेर मित्रहरुले प्रलोभन देखाउदै खर्च गराउने छन् । नयाँ व्यावसायको सुरुवात तथा कृषिमा केहि नोक्सानी हुनेछ । यो महिनाको लागी शुभ अंक ३, शुभ रंग हरियो, पश्चिम दिशा शुभ ॐ कीर क्रीं क्रीं स्वाहः मन्त्र जप तथा चना दान गर्दा राम्रो हुनेछ ।
मीन : शारिरिक आलस्य तथा तनाबले सताउने छ । परिश्रम गरे अनुसार फलमिल्ने छैन् । धोका हुनसक्छ । पैतृक सम्पत्तिमा विवाद हुनुका साथै शैक्षिक प्रगतीको समय आएको छ । स्वास्थ्यमा सुधार हुनुका साथै परिवारमा पनि मेलमिलाप हुनेछ । धार्मिक कार्यको लागी यात्रा तथा असाय असक्त प्रति सहयोग गर्ने अवसर मिल्नेछ । यो महिनाको लागी शुभअंक ९, शुभ रंग हल्का रातो पुर्वदिशा शुभ ॐ गिरीशाय नमः मन्त्र जप तथा गौमातालाइ भोजन गराउदा राम्रो हुनेछ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest