सात दिनसम्म बन्धक बनाएर बलात्कार

Friday, March 23rd, 2018

चक्र  प्रसाद पोख्रेल
काठमाण्डौ ः पछील्लो समय नेपालका धेरै ठाउँमा किशोरी तथा बालिकाहरु बलात्कार भएका घटनाहरु सार्वजनिक भइरहेका छन ।गुल्मीमा केही दिन अघि मात्र एक बालिका बलतकृत भइन,त्यसपछी विरगंजमा पनि अर्को घटना भयो यसरी एक पछी अर्को बलत्कारका घटना बाहिरिए पनि अझै कतिपय बलत्कारका घटना डर त्रास र धम्कीले बाहिर आउन सकेका छैनन ।
केहि समय अगाडी दरबारमार्गको बलत्कार घटनामा प्रहरीले गुपचुप गर्न खोजेको तथ्य सार्वजनिक भएको दुइ महिना नबित्दै मानसिक रुपमा अस्वस्थ १५ वषीर्य किशोरीलाई सात दिनसम्म बन्धक बनाएर बलात्कार गरिएको घटनाले सबैलाई दुखी बनाएको छ ।
मितिः२०७४ साल फागुन १७ गते, समय साँझ करिब ६ बजे, स्थान बल्खु काठमाडौं, एक किशोरी बल्खुबाट चक्रपथ चल्ने बा ४ ख ३८ ५१ नम्बरको बस चढिन् । सुस्तमनस्तिथिकी उनी गाडीमै निदाइन् । चालक सन्तोष घिमिरे र सहचालक दिवस गड्तौलाले गाडी बसुन्धाराको ग्यारेजमा लगेर ती असाय किशोरीको बलात्कार गरे । उनीहरुसंगै अरु तिन जनाले पनि उनलाई लगातार ७ दिनसम्म बन्धक बनाएर बलात्कार गरिरहे । प्रहरीले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । माघ ७ गते दरवारमार्गको एक होटलमा भएको सामुहिक बलात्कारका आरोपीलाई छोडेको प्रहरी माथिनै कारवाही भइसकेको छ । घटनाका मुख्य आरोपी शैलेश कार्की बुधवार पक्राउ परेका छन् । काठमाडौंमा भएका दुइ घटनाको प्रकृति पुरै फरक छ । तर दुबै घट्नाले बालिका र किशोरीहरु असुरक्षित बन्दै गएको पुष्टी गर्छ ।
बलात्कारको घटनामा कानुनी कारवाही प्रभावकारी नहुँदा अपराधिक मानसिकता बढी हावी भएको मनोचिकित्सकको बुझाई छ ।

कानुनले बलत्कारको घटनामा संलग्नलाई पाँच देखि १५ वर्ष सम्मको कैद संजाय तोकेको छ । तर कारवाहीको सुनिश्चितता नहुँदा पीडितहरु कानुनको शरणमा नपुगेको तीतो अनुभव छ । त्यसकारण कानुनी राज र दण्डहीनताको अन्त्यले मात्र सामाजिक सुरक्षा बलियो हुन सक्छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest