सामाजिक कार्यमा ८ वर्षिय पृन्स,न्यानो लुगा बाड्न ओखलढुङ्गा जादै

Tuesday, January 14th, 2020


चक्र प्रसाद पोख्रेल
काठमाडौ :केही समय अगाडी सर्ट मुभि भोक मा अभिनय गरेर चर्चा कमाएका बाल कलाकार, मोडल, प्रस्तोता तथा नृत्यका धनी ८ वर्षिय बालक पृन्स प्रसिद सिंह थापा न्यानो असाहाय बालबालिकालाई न्यानो लुगा बाड्न ओखलढुङ्गा जादैछन ।आफ्नो स्वआर्जनबाट कमाएको पैसा र आफ्नो स्कुलको लागी छुट्याइएको खाजा खर्च बचाएर असाहाय तथा निम्न आय भएका बालबालिकाहरुका लागी न्यानो लुगा बितरण अभियानको लागी पुर्बको पहाडी जिल्ला ओखलढुङ्गा जान लागेका हुन।
पृन्स साने उमेरमा नै म्यूजिक भिडियोमा अभिनय गर्न थालेका थिए ।अझ उनको नृत्य मन नपराउने पनि कमै होलान ।उनलने विश्वप्रसिद्ध कलाकार माइकल ज्याक्सनको नृत्य हुबहु गरेर सबैलाई चकित पार्दै आएकाछन, भने विभिन्न सर्टमुभिमा समेत व्यस्त छन उनी ।
यतिबेला उनको स्कुल पनि जाडोको छुट्टी छ र केहि म्यूजिक भिडियो तथा सर्ट मुभिबाट आउको आफ्नो पारिश्रमिक पनि पाइएकोले उनी जाडो विदा मनाउन यसरी सहयोग नै लिएर निस्किएका हुन ।
यती सानो उमेरमा के कसरी प्रेरणा पाउनु भयो ?भन्ने प्रश्नमा उनी भन्छन केहि दिन अगाडी ओखलढुङ्गा घुम्न जांदा त्याहाँको अधिकांस बालबालिकाहरुमा न्यानो लुगा हरुको अभाब दुख, कस्ट देखेकोले सोही अवस्थाले मलाई आंफुले सक्ने सह्योग गर्न पर्छ भन्ने भाबना आयो” सोही बाट म प्रेरित भएको हुं ।
सामाजिक कार्यमा अग्रसर पृन्स यो भन्दा अगाडी पनि सडक बालबालिका र निम्न आय भएका बाल बालीकाहरुलाई सहयोग गर्दै आएका छन ।उनी भन्छन धर्म भनेको पनि यही हो हामी सबैमा यस प्रकारको भावना, दयामायां, करुणा हुने हो भने कोही कसैले पनि अभाब दुख कस्टमा बांच्न्नु पर्दैन होला । सानो बाबुले यस्तो भाब देखाउंदा सबैलाई सामाजिक कार्यमा लाग्न्न प्रेरणा मिल्ने छ । यती सानो उमेरमानै अरुको आंसु, दुख पिडा देख्न्न नसक्ने साना बालक पृन्स हाम्रो समाजको लागि प्रेरणाका स्रोत हुन ।

 

यो पनि पढनुहोस

बहु प्रतिभाका धनि प्रिन्स

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest