सामुहिक बलात्कारपछि महिलालाई जिउँदै जलाइयो

Sunday, July 15th, 2018


चक्र प्रसाद पोख्रेल
३१ असार, काठमाडौं ःभारतको उत्तर प्रदेशमा एक महिलालाई सामुहिक बलात्कार गरेर जिउँदै जलाइएको छ । महिलाले आफूलाई जलाउनुअघि प्रहरीलाई फोन गरेको तर, कुनै जवाफ नआएको उनका श्रीमानले बताएका छन् ।घटना सम्भल जिल्लाको हो, जहाँ दुई सन्तानकी आमा ३५ वर्षकी महिलालाई ५ जनाले सामुहिक बलात्कार गरेका छन् । बलात्कारपछि महिलालाई घर नजिकैको यज्ञशालामा लगेर जिउँदै जलाएको टाइम्स अफ इण्डियाले जनाएको छ ।घटनामा संलग्न कोही पनि पक्राउ परेका छैनन् ।
मृतकका श्रीमानले प्रहरीमा दिएको जाहेरीअनुसार शनिबार राति करिव साढे २ बजेतिर बलात्कारीको समूह उनको घरमा पुगेको थियो । श्रीमान गाँजियावादमा काम गर्थे भने महिला आफ्ना दुई सन्तानका साथमा घरमा थिइन् ।
घटना भएको बेला भारी वर्षा भएको र महिलाले गुहार मागेपछि कसैले नसुनेको उजुरीमा उल्लेख छ । बलात्कारपछि त्यो समूह बाहिर गएपछि श्रीमतीले प्रहरीलाई १०० नम्बरमा फोन गरेपनि कुनै जवाफ नआएको उनले बताएका छन् ।
त्यसको केहीबेरमा फेरि त्यही समूह आएर महिलालाई घर बाहिर निकालेर यज्ञशालामा लगेर जलाएको उजुरीमा उल्लेख छ । प्रहरीले भने अनुसन्धान भइरहेको बताएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest