‘सारेगमप’बाट बाहिरिइन् मेनुका पौडेल

Saturday, December 8th, 2018

चर्चित भारतीय गायन रियालिटी शो ‘सारेगमप’ बाट नेपालकी प्रतियोगी मेनुका पौडेल बाहिरिएकी छन् । टप ११ को प्रतिस्पर्धामा कम भोट पाएपछि उनी आउट भएकी हुन् । उक्त रियालिटी शोका जजहरुले मेनुकाको निकै प्रशंसा गर्ने गरेका थिए । अडिसनमा उनले ‘जाने क्या बात है’ गाउँदा जजहरुले ‘तिम्रो मूल्यांकन गर्ने हाम्रो औकात छैन’ सम्म भनेका थिए । उनले हरेक प्रस्तुतिहरुमा उच्च स्कोरसहित स्ट्यान्डिङ अभेसन पाउँदै आएकी थिइन् । तर मेनुकाको यात्रा लामो हुन सकेन ।

गत शनिबार प्रशारित पछिल्लो एपिसोडमा आफ्नो छैंटौं प्रस्तुति दिएकी मेनुकाले कम स्कोर ल्याइन् । उक्त एपिसोडमा ‘सारेगामप लिटल च्याम्प’ का विजेता श्रेयान भट्टाचार्यसँग युगल गाएकी मेनुकालाई जजहरुले ८८।७ प्रतिशत स्कोर दिए । जज वाजिद खानले मेनुकाको प्रस्तुति सुन्दर भए पनि म्याजिकल नभएको प्रतिक्रिया दिएका थिए ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest