सावित्राको ह्याट्रिकमा एपीएफको फराकिलो जित

Thursday, January 21st, 2021

                                                                     फाइल फोटो
काठमाडौ–सावित्रा भण्डारीको ह्याट्रिकमा एपीएफले महिला राष्ट्रिय लिगमा विजयी सुरुवात गरेको छ । सातदोबाटोमा रहेको एन्फा कम्लेक्सको मैदानमा भएको खेलमा एपीएफले रौतहटको चन्द्रपुर नगरपालिकालाई ६–० ले हरायो ।
एपीएफको जितमा भण्डारीले तीन गोल गर्दा अञ्जली योन्जन, अनिता बस्नेत र प्रिती राईले समान एक–एक गोल गरे । खेलको १४ औँ मिनेटमा पहिलो गोल गरेकी सावित्राले ६३ औँ र ७३ औँ मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरेकी हुन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest