साहित्यकला मन्दिरले सात स्रष्टालाई सम्मान गर्दै

Friday, March 30th, 2018

 

चैत्र १६,काठमाण्डौ ःलुनकरणदास गंगादेवि साहित्य कला मन्दिरले विभिन्न सम्मान घोषणा गरेको छ । आख्यानकार भागिरथी श्रेष्ठलाई गंगादेवी स्मृति सम्मान इतिहासकार प्रेम खत्रीलाई इतिहास शिरोमणी बाबुराम आचार्य शोध सम्मान तथा वरिष्ठ कवि दुर्गालाल श्रेष्ठलाई सरस्वती सम्मान प्रदान गरिने भएको छ । त्यस्तै वरिष्ठ संगीतकार शुभ बहादुर सुनामलाई नारायणगोपाल संगीत सम्मान, वरिष्ठ चित्रकार शशीकला तिवारीलाई अरनिको ललित कला सम्मान, वरिष्ठ रंगकर्मी मिथिला शर्मालाई बालकृष्ण सम रंगसम्मान र सञ्चारकर्मी फूलमान वललाई नेपाल नवप्रतिभा सम्मान दिइने विज्ञप्तिमा उल्लेख छ । गंगादेवी चौधरी स्मृति सम्मान १ लाख र अन्य सम्मान जनही ५१ हजार रुपैयाँका हुन् । सम्मान वैशाख २७ गते हस्तान्तरण गरिने आयोजक संस्थाले जानकारी दिएको छ ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest