सिद्धबाबालाई भगवान ठानेर भेट्न गएँ, लुटिएर फर्किएँ !

Friday, December 27th, 2019


बलात्कृतको बकपत्र (नाम गोप्य)

काठमाडौ : सिद्धबाबा त अन्तरयामी, ९ दिनसम्म खाल्डोभित्र बसेको भन्थे । राष्ट्रपतिले पनि मानेको । त्यसरी पो फसियो त । ऊ भगवान हो, भगवानलाई पाउन पाए हुन्थ्यो, यो शरीर त्याग्न पाए हुन्थ्यो १ त्यस्तो–त्यस्तो भाव आउन थाल्यो मलाई ।यो बेकारको शरीर के काम रु यो शरीरबाट आत्मा निकाल्न पाए हुन्थ्यो जस्तो लाग्थ्यो । भगवानसँग गएर लीन हुन पाए हुन्थ्यो जस्तो भाव आउँथ्यो मलाई जतिबेला पनि । मेरो त सबथोक त्यही हो भनेजस्तो लाग्ने । जागिर खाउँ जस्तो पनि नलाग्ने । जागिर खाए पनि एकदिन भगवानसँगै मिल्नुछ जस्तो लाग्ने ।

अन्तरयामी, सबै कुरो जानेको होला भन्ने सोचें । यही भएर उसलाई भेट्दा प्रश्नहरु सोध्न थालें । उसले यो आत्मा साक्षात्कार, ब्रह्म साक्षात्कार हो, भगवानलाई पाएपछि ओहो १ के कुरा गर्छौं र, तिमीहरुले ईच्छै गर्दैनौ, ईच्छा गर्‍यौं भने ५ मिनेटमा भगवान देखाइदिन सक्छु भन्थ्यो । कसरीचाहिँ रहेछ त भगवान देख्ने, ल न त एकचोटि देखौं भन्ने लाग्न थाल्यो मनमा ।

सिद्धबाबाबाट भएको अन्याय सहन नसकेर मैले आवाज उठाउँदा समाजले मलाई नै नराम्रो भन्न खोज्यो । सिंगो समाज एकातर्फ उभिएर मलाई नै दोषी देखाउन खोज्यो । तर मेरा श्रीमानले मलाई विश्वास गर्नुभयो । साथ दिनुभयो
त्यसपछि त मलाई त्यो ४/५ महिनामा एक्लै हाँस्न मन लाग्ने, एक्लै रुन मन लाग्ने हुन थाल्यो । मलाई त्यही नै मेरो कृष्ण हो, त्यही नै प्राणनाथ हो, त्यही नै मेरो सबथोक हो जस्तो लाग्न थाल्यो । तर, ऊसँग नराम्रो सम्बन्ध राख्छु भन्ने भाव आउने होइन कि, त्यो नै मेरो भगवान हो जस्तो लाग्न थाल्यो ।

गोपीनीहरुले रुख–रुखमा कृष्णजीलाई अँगालो हाल्दै हिँडेका थिए भन्ने गीतामा लेखेको छ नि, त्यस्तै त्यो नै मेरो भगवान हो, त्यसैका गोडा ढोग्न पाए हुन्थ्यो, त्यसैलाई अँगालो हाल्न पाए हुन्थ्यो जस्तो, त्यसैको पूजा, त्यसैको सेवा गर्न पाए हुन्थ्यो जस्तो लाग्न थाल्यो ।

यो सब मलाई के भएको भनेर सोध्दा गोपिनी भाव हो भन्थ्यो । मैले पनि राम्रै त होला नि, भक्तिको लक्षण होला भन्ने ठानें । सत्संग गराउँदा साधनाको उपल्लो स्थानमा पुगेको बताए । मलाई राम्रै होलाजस्तो लाग्या थियो ।

उसलाई सम्झेर पेटमा छुट्टै खालको तरंग आउने । छातीको भित्रपट्टि अर्कै तरंग हुने । अनि टाउकोमा अर्कै हुने । शरीरमा झुमझुम–झुमझुम हुने । लठ्ठ भएर, आँखा चिम्लेर बसौं, बोल्दै नबोलौं, आँखा चिम्लेको चिम्लियै बसिराखौं जस्तो हुने । अनि के भएको होला यस्तो भन्दा उसले गीता पढ, त्यसमा भक्तिका लक्षणहरु के–के हुन्छन् भन्थ्यो । गीता पढ्दा पनि कहिले भगवानलाई सम्झेर हाँस्ने, कहिले रुने, कहिले भगवानलाई सम्झेर नाँचौं नाचौं, गाउँगाउँ लाग्ने । कहिले भगवानलाई सम्झेर पुलकित हुने हुन्थ्यो ।

सबैले उसलाई भगवानका अवतार हुन् भन्थे । त्यही भएर उसलाई देख्दाखेरि हामीलाई यस्तो भएको होला भन्ठान्थ्यौं । त्यसैले यस्तोमा डुब्दै गइयो । भगवान नै भएर त्यस्तो भएको होला भन्ने ठानियो । तर, हाम्रो नेपाली भाषामा भन्दा उसले हामीलाई मोहनी लगाएको रहेछ । मान्छेलाई हिप्नोटाइज गर्दोरहेछ । नभए त त्यत्तिकै त हामीलाई त्यस्तो फिलिङ्स त हुँदैन नि । मान्छेलाई केही पनि नगरी त्यस्तो अचम्मै त हुँदैन नि त । त्यो मेरो फिलिङ्स हो ।

पैसा हुने महिलाहरुले ५/७ हजार रुपैयाँसम्म राखेर गोडा ढोग्थे । हामीले त कस्तो गोडा मसारी– मसारी ढोग्न पायौं भनेर रमाउँथे । उसकै मात्र गफ गरेर, उसैको फोटो हेरेर बस्थे धेरै महिलाहरु । यस्तो हुने क्या सबैलाई १ यत्तिकै त भएको छैन यो । केही न केही जादु त गरेको छ ।

कानूनमा पनि यो कुरो ल्याउनुपर्ने हो । कि त भगवानै छैनन् भन्नुपर्‍यो । भगवान छन् भने तन्त्र–मन्त्र पनि हुन्छ होला । मान्छेलाई बसीकरण करण गरेर धन सम्पत्ति लुट्ने अनेकभाँती गरेको तन्त्रले त हो नि त । तर, कानूनमा यो कुरो छैन, मैले यो चाररपाँच महिनामा आफैंले महसुस गरेको कुरा हो । योभन्दा अगाडि त मलाई केही पनि हुन्थेन । त्यहाँ जान थालेपछि मलाई डाक्टरले पनि डिप्रेसन भयो भनेका हुन् ।

म जुन अवस्थामा थिएँ, यो कुराको त छिनोफानो हुनुपर्‍यो भन्ने लाग्न थाल्यो । मेरो शरीरबाट आत्मा हटे हुन्थ्यो जस्तो लाग्ने, यता छोराछोरीहरु छन्, श्रीमान् हुनुहुन्छ । तर, घरै छाडेर जाऔं–जाऔं लाग्ने । म यता न उता भएँ ।

त्यसपछि उसलाई एकचोटि भेटेर कुरा गर्छु भन्ने लाग्यो । घरि हाँस्ने, घरी रुने, विरक्त लागेर आउँथ्यो । आफूलाई डिप्रेशनमा गएजस्तो फिल भएपछि एकपटक भेटेर मलाई के भएको हो भनेर सोध्छु भनें । ५/६ महिना समय दिएन । त्यसपछि आश्रममा बोलायो । ऊ ब्रह्मचारी हो, मैले भगवानकै भावले हेरिराखेकी थिएँ । भगवानले बोलाइसकेपछि के भो त, भगवान् सोचेर गएँ । आश्रममा आएपछि भेट गर्न ४ गते (कात्तिक) समय दियो ।

कात्तिक ४ गते :

मैले भगवान नै मानेकी थिएँ । बोलाएपछि बैठक कोठामा गएँ । त्यहाँ ऊ मात्र थियो । कोठामा पसेपछि ढोगें । उसले बस भन्यो । प्रश्नहरु सोध्न गएकी थिएँ । तर, सिद्धबाबाले गोडा माड भने । उसको नियत गलत रहेछ ।

असजिलो महसुस भयो । त्यसपछि फ्यान चलाउनु भन्यो । चलाउन जानिनँ । उसैले फ्यान खोल्यो । म भूईंमा बसें । बैठक कोठामा ऊ बस्ने छुट्टै कुर्सी छ । फ्यान चलेपछि कोठामा केही स्मेल ९गन्ध० आयो । बत्ती, उज्यालै थियो । म भूईंमा बसिरहेकी थिएँ ।

एक्कासी उसले मेरो कुम र टाउकोमा छोयो । मैले हात हटाएँ । ब्रम्हचारी हुन्, नराम्रो नियतले बोलाएको हो भन्ने सपनामा पनि सोचेकी थिइनँ । तर, म चिच्याउन कराउन पनि सकिनँ ।

होस सबै थियो । तर, कराउन खोज्दा आवाज आएन ।

जबरजस्तीपछि उ आफ्नो कोठामा गयो ।

आफूमाथि इच्छाविपरीत भएपछि म रोइरहें । रोएको देखेपछि उसले छेउमा आएर गाली गर्दै भन्यो, मैले होइन, भगवान कृष्णले हो ।

म उठेर आश्रममा फर्कें ।

मैले उसलाई भगवान सोचेकी थिएँ । प्रश्न सोध्न गएकी थिएँ । तर, नसोचेको भयो ।

भोलिपल्ट सिद्धबाबाले ठाकुरजी ९भगवान० को साक्षात्कार त्यही हो, तेरो भक्ति देखेर ठाकुरजीले शरण लिनुभएको हो, मैले केही गरेको होइन भन्यो ।

मैले सहन सकिनँ । मेरो जीवनमा के भइरहेको थियो, त्यो जान्न खोजेकी थिएँ । तर, यस्तो त मैले कसरी सहन सक्छु र १

अब मलाई बाँच्ने रहर भएन ।

मर्छु भन्दै आश्रमको पछाडि कोशीमा हाम्फाल्न गएँ । तर, कोशीको धार नजिकै मानिसहरुले लास जलाइरहेका थिए । लास जलाएको देखेपछि छोराछोरी र श्रीमानको सम्झना आयो ।

घर गएर बुढालाई सुनाउँछु भन्ने हिम्मत गरेर फर्किएँ ।

मैले बुढालाई केही कुरा लुकाएकी थिइनँ । घर आउनुअघि आश्रमका महिला अनुयायीलाई सुनाए । तर, उनीहरुले भगवानको भक्तिभाव कसैलाई सुनाउन हुँदैन भने ।

काठमाडौं आएर पनि न्यायका लागि धेरैलाई सुनाएँ । तर, सबैको एउटै सुझाव थियो, सहेर बस । यो भक्तिभावको कुरा हो, यस्तो कुरा सुनाए श्रीमान टाढिन्छन् र गुरु पनि टाढिन्छन् अनि तँ एक्लै हुन्छेस् भने ।

सिद्धबाबाले पनि तँलाई आफ्नो बुढो र बच्चाको माया छैन रु अनर्थ हुन्छ भन्दै हप्काए । अरुलाई सुनाए भक्तिभाव भत्कन्छ भन्दै कसैलाई नसुनाउन भने ।

काठमाडौं फर्केर श्रीमानलाई सुनाएँ ।

पोखरा घर भएका बाबाजीका अनुयायीलाई पनि सुनाएँ । अनुयायीहरुले ठूला मान्छेसँग लड्न सकिँदैन, चुप लागेर बस भने । अस्पतालमा चेकअप गराउन जाउ न भन्दा कोही मानेनन् । सबैले गोप्य कुरा गोप्यै राख भनेर दबाव दिए ।

तिमीहरु लड्न सक्दैनौ भनेर दबाव दिँदा डर लाग्यो । अरु नारीमाथि मलाईजस्तै शोषण नहोस्, एकपटक माफी माग्छ भने माफी दिन्छु भन्ने पनि सोचें ।

तर, सिद्धबाबालाई किन जबरजस्ती गरिस् भन्दा बुढा, बच्चाको माया छैन भन्दै धम्की दिए । मैले सहन सकेकी थिइनँ । सिद्धबाबाको प्रतिष्ठानको समितिका मान्छे गोबिन्दबाबु तिवारीलाई सुनाएँ । उनले पनि समाजमा जिउन सक्दिनौ, छोराछोरीको भविश्य बिग्रन्छ, भन्दै गुरुलाई बिर्सन दबाव दिए ।

समाजले महिलालाई नै नराम्रो मान्छ भन्दै सबैले ममाथि इमोशनल ब्ल्याकमेलिङ गरिरहे । शालिग्राम छुवाएर कसैलाई नभन्नका लागि कसम खुवाउन खोजे । जगदगुरु श्रीरामानन्दचार्य सेवापीठ समितिका मान्छेले धर्मको रक्षा गर गुरुविरुद्ध नबोल् भनेर बारम्बार भनिरहे ।

अब मेरा विकल्प दुईवटा मात्र थिए– मृत्यु वा न्यायका लागि संघर्ष ।

सिद्धबाबाको खराब नियतमा अरु नफसुन् भनेर फेसबुकमा लेख्न थालें । असली चरित्र सबैले जानुन् भनेर लेख्दा मलाई लागूऔषध मुद्दामा फसाउन खोजियो । डेरामा सादा पोशाकका प्रहरी आएर खानतलासी गरी लागूऔषध मुद्दामा फसाइदिने भन्दै धम्की दिए । सिद्धबाबाविरुद्ध नलाग् भन्दै बुढालाई पनि धम्काए ।

मैले धेरैलाई फोन गरेर न्यायका लागि गुहार मागिरहेकी थिएँ । सहन नसकेर रोइरहें । श्रीमान होटलमा काम गर्नुहुन्छ । मर्छे भन्ने चिन्ताले उहाँले दिदीलाई डेरामा आउन भन्नुभयो ।

सहेर बस्न सक्दिनँ भनेपछि श्रीमानले महान्याधिवक्ताको कार्यालयमा लिएर जानुभयो । श्रीमतीलाई लिएर आएको देखेपछि त्यहाँका सबैले ‘यस्तो अन्यायका विरुद्ध अरुले बोल्ने आँट गर्दैनन्, तपाईहरुले आँट गर्नुभएको छ, लड्नुहोस् भने । त्यसपछि सीआइबी हुँदै सुनसरी प्रहरीमा उजुरी गर्‍यौं ।

उजुरी गर्न आउँदा डीएसपी विनोद शर्माले पैसा लिएर मिल भन्दै दबाव दिए । उनको आशय उजुरी नै नगर भन्ने थियो । तर, हामीले मानेनौं । धेरैजना प्रहरी अधिकृतका पत्नीहरु पनि बाबाका भक्त छन् । श्रीमतीसँगै श्रीमानहरु पनि बाबाको धाममा जाने गरेका छन् ।

बलात्कार गरेको उजुरी परेपछि सिद्धबाबाका भक्त भोला बराल मुद्दा फिर्ता लिन दबाव दिँदै कोठासम्म आए । बराल आएर घर किनिदिउँला, पैसा र सरकारी जागिर दिउँला, मुद्दा फिर्ता लिनू भने । तर, श्रीमानले ‘हामी आफैं स्वाभलम्बी हुन्छौं, अरुको केही चाहिँदैन’ भनेपछि बेपत्ता पार्नेसम्मको धम्की दिए । मलाई मुद्दाको प्रमाण कसरी पुर्‍याउँछेस् भन्दै इमोशनल ब्ल्याकमेलिङ गरे ।

सिद्धबाबाबाट भएको अन्याय सहन नसकेर मैले आवाज उठाउँदा समाजले मलाई नै नराम्रो भन्न खोज्यो । सिंगो समाज एकातर्फ उभिएर मलाई नै दोषी देखाउन खोज्यो । तर, मेरा श्रीमानले मलाई विश्वास गर्नुभयो । साथ दिनुभयो ।

म त फसें । तर, अब अरु नारीहरु नफसुन् । आस्थाका नाममा गलत गर्नेलाई कारवाही हुनैपर्छ । सिद्धबाबाले आस्थाका नाममा कति नारीलाई शोषण गरेको छ, यौन दुव्र्यवहारमा परेका महिलाहरु मसँग फोनमा कुरा गर्नुहुन्छ । बाहिर आउन इज्जतको डर छ ।मैले न्यायका लागि लड्ने साहस गरेकी छु ।

(साभार :सुनसरीको चतराधामका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्ध जाहेरी दिने महिलासँग अनलाइनखबरले गरेको कुराकानी ।)

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest