सिन्धुलिमा २० वर्ष नपुगी आमा बन्नेको संख्या बढ्दो

Sunday, May 20th, 2018

चक्र प्रसाद पोख्रेल,
सिन्धुली ःपहिले -पहिले अविभावकले विभिन्न सस्कारमा रहेर छोराछोरीको विवाह गर्ने गर्दथ्य भने अहिले विभिन्न सामाजिक सञ्जालले गर्दा आफै भागेर विवाह गर्ने प्रचलन बढेको छ नेपालमा । पछील्लो समय सिन्धुलीमा वर्षेनी २० वर्षमुनिका किशोरी प्रसूति हुन स्वास्थ्य संस्थामा आउनेको संख्या बढ्दो क्रममा रहेको जिल्ला अस्पताल सिन्धुलीको तथ्यांकबाट देखिन्छ । यही चालु वर्षको १० महिनामा मात्रै १ सय १५ जना किशोरी आमा बनेको कार्यालयको तथ्यांकमा उल्लेख छ ।
नेपालको कानुनले २० वर्ष नपुगी विवाह गर्न नपाइने भने पनि जिल्लामा २० वर्षमुनी आमा बन्नेहरू अत्यधिक मात्रामा रहेको उल्लेख यही तथ्यांकबाट प्रष्ट हुन्छ ।जिल्ला अस्पतालको तथ्यांकमा २०७४ सालको साउन महिनादेखि २०७५ वैशाख पहिलो हप्तासम्ममा १ सय १५ जना किशोरीहरू आमा बनेका छन् । उक्त तथ्यांकमा श्रावण महिनामा १५ जना, भदौमा १७, असोजमा १६, कार्तिकमा १०, मंसिरमा १३, पुसमा ११, माघदेखि वैशाख पहिलो हप्तासम्ममा ३३ जना किशोरीहरू प्रसूति सेवा लिन अस्पताल आएको देखिएको छ ।यो त जिल्लामा सञ्चालित एक मात्र प्रसूति केन्द्रको विवरण हो । जिल्लामा २३ वटा बर्थिङ सेन्टरहरू सञ्चालनमा छन् । ती संस्थाहरूको तथ्यांकलाई समेत हेर्ने हो भने २० वर्ष नपुग्दै आमा बन्नेहरूको तथ्यांक धेरै रहेको अस्पताले जनाएको छ ।

बालविवाह प्रमुख कारण
सानै उमेरमा आमा बन्नेको संख्या हेर्दा जिल्लामा बाल विवाह समस्याकै रुपमा देखिन्छ । तर हालसम्म जिल्लामा बालविवाहको उजुरी भने कुनै पनि निकायमा आउने गरेको छैन । अस्पतालको तथ्यांकका आधारमा जिल्लामा बालविवाह गर्नेको संख्या पनि ठूलो रहेको देखिन्छ ।यता जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा भने हालसम्म बालविवाह सम्बन्धीका एउटा मात्र उजुरी परेको प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।
केही समय अगाडि मात्रै जिल्लामा पहिलोपटक बालविवाह सम्बन्धी एउटा जाहेरी दर्ता भएको उनले बताए ।सामाजिक संस्कार तथा जनचेतनाको अभावका कारण सहरी क्षेत्रमा भन्दा पनि ग्रामीण भेगमा बालविवाह समस्याका रुपमा देखिएको उनले बताए ।कानुनत दण्ड सजाय हुने त्रासले पनि यस्ता उजुरी प्रहरीसम्म नआईपुग्ने प्रहरी नायब उपरीक्षक शर्माको भनाइ छ ।
बालविवाह विरुद्ध काम गर्ने संघसंस्थाले बालविवाह न्यूनिकरण भएको दाबी गरिरहे पनि अवस्था उस्तै रहेको अस्पतालको तथ्यांकबाट प्रष्ट हुन आउँछ ।कम उमेरमा विवाह गरेर किशोरी आमा बन्नुमा अन्धविश्वास र सामाजिक परम्परा प्रमुख कारणका रुपमा देखिएको छ ।सामाजिक संस्कार तथा मूल्य मान्यताका कारण यसमा प्रत्यक्ष असर परेको सरोकारवालाहरू बताउँछन् ।

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest