सीप परीक्षणको लागि आवेदन खुल्यो

Sunday, December 27th, 2020

काठमाण्डाै : युवा र वैदेशिक रोजगारीबाट फर्किएकाहरुको सीप परीक्षण गरिने भएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत राष्ट्रिय सीप परीक्षण समितिले सहुलियत शुल्कमा सीप परीक्षणकोे लागि आवेदन दिन आह्वान गरेको छ ।सीप परीक्षणमा सहभागी हुन १६ वर्ष उमेर पुगेका वा वैदेशिक रोजगारीबाट फर्किएकाहरुले सीप परीक्षण केन्द्रमा गई आवेदन दिनुपर्नेछ भने समितिले तोकेका केन्द्रमा गइ सीप परीक्षण गराउनुपर्नेछ । यसका लागि समितिले सबै प्रदेशमा गरी ९८ वटा सीप परीक्षण केन्द्र तोकेको छ ।

ती केन्द्रमा युवाहरुले टेलरिङ, कम्प्युटर अपरेटर, कृषि जेटिए, पशुपालन जेटिए, प्लम्बर, बिल्डिङ पेन्टर, वेटर, बिल्डिङ इलेक्ट्रिसियन, हाउस किपिङ, क्लिनरलगायतका विधामा सीप परीक्षण गराउन पाउनेछन् ।

आवेदन फारम समितिको वेबसाइट www.nstb.org.np वा इभेन्ट परियाेजनाकाे वेबसाइट  www.event.gov.np बाट डाउनलाेड गर्न सकिन्छ अथवा तालिम केन्द्रबाट प्राप्त गर्न सकिन्छ ।  माघ १२ गतेसम्म आवेदन बुझाईसक्नुपर्नेछ । आवेदन दिने व्यक्तिमा सम्बन्धित व्यवसायको ज्ञान, सीपको अनुभव भएको हुनुपर्ने समितिले जनाएको छ ।

सीप परीक्षणको लागि तहगत रुपमा शुल्क तोकिएको छ । क्रमशः तह एक, दुई र तीनको लागि पाँच सय, १२ सय र २४ सय रुपैयाँ शुल्क तोकिएको छ । यस्तै महिला दलित जनजाती र अपाङ्गता भएका व्यक्तिको लागि क्रमशः चार सय, सात सय र १३ सय रुपैयाँ शुल्क तोकिएको समितिले जनाएको छ ।

यस सम्बन्धी थप जानकारीको लागि फोन नम्बर ०१६६३८१५३, ६६३५१९५ र मोबाइल नम्बर ९८५११२७०८० र ९८५११६३९६४ मा सम्पर्क गरेर पनि बुझ्न सकिने समितिले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest