सीमा गोल्छा जोन्टा क्लब काठमाण्डौको अध्यक्षमा

Wednesday, June 3rd, 2020


जोन्टा क्लब काठमाडौंले भर्चुअल रूपमा कार्यक्रम गरेर आफ्नो छैटौँ वार्षिक साधारणसभा सम्पन्न गरेसँगै नयाँ अध्यक्ष चयन गरेको छ । क्लबले औपचारिक रूपमा बाइएनियम २०२०—२०२२ का लागि सीमा गोल्छालाई अध्यक्ष चयन गरेको छ ।

सभाबाट क्लबको सदस्यमा कमलकेशरी तुलाधर, आभा शाह, मृदुला राजभण्डारी र मुन प्रधान चयन भएका छन् । भर्चुअल साधारणसभामा गत वर्ष जोन्टाले गरेका कामका भिडियो, प्रिजेन्टेसन र रिपोर्टहरू पनि प्रस्तुत गरिएको थियो ।
गत बर्ष जोन्टा क्लव मार्फत महिला हिंसाविरुद्ध, बालविवाह अन्त्यका लागि अभियानहरू, शिक्षाप्रतिको काम र विभिन्न वकालतका साथै सशक्तीकरणका कार्यक्रमहरू समावेश गरिएको थियो ।

साधारण सभामा तत्कालीन अध्यक्ष मीरा ज्योतिलाई सफल कार्यकाल पूरा भएकोमा क्लवका तर्फबाट आभार समेत प्रकट गरिएको थियो । सोही समयमा क्लबमा पाँचजना नयाँ सदस्य समेत थपिएका थिए ।

५० भन्दा बढी सदस्यहरूको सहभागिताका साथ वार्षिक साधारणसभा सफल र समृद्ध सत्र बनेको क्लबले जनाएको छ । यसले सेवा र वकालतका माध्यमबाट महिलाहरूको कानुनी, राजनीतिक, आर्थिक, शैक्षिक, स्वास्थ्य र व्यावसायिक स्थिति सुधारका लागि काम गरिरहेको जनाएको छ । जेन्टा कलबले हरेक परिस्थितिमा सक्रिय रुपमा सामाजिक उत्तरदायित्वलाई बहन गर्दै आएको छ भने नयाँ अध्यक्षको चयन सँगै आउदा बर्षमा अझ सशक्त रुपमा क्लब अगाडि बढ्ने अपेक्षा समेत रहेको क्लबले जनाएको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest