सुकेधारमा बसको ठक्करबाट छात्राको ज्यान गयो,गाडीमा आगजनी

Monday, December 23rd, 2019

काठमाडौं  :आज विहान करिब ६ बजे बसको ठक्करबाट काठमाडौंको सुकेधारामा एक छात्राको ज्यान गएको छ । छात्राको मृत्युपछि आक्रोसित विद्यार्थीले बसमा आगजनी गरेपछि सुकेधारा(चाबहिल क्षेत्रमा केहिबेर तनाव भएको थियो ।भक्तपुर(काठमाडौं चल्ने बा ४ ख ५९२० नम्बरको बसको ठक्करबाट सृष्टि पन्तको ज्यान गएको महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रवक्ता श्यामलाल ज्ञवालीले जानकारी दिए । बसको ठक्करबाट गम्भीर घाइते पन्तलाई उपचारका लागि चाबहिलस्थित ओम अस्पताल पुर्‍याइएकोमा त्यही उनको मृत्यु भएको हो ।

गोरखा घर भएकी २१ वर्षीया पन्तलाई सडक पार गर्ने क्रममा बसले ठक्कर दिएको ज्ञवालीले बताए । उनी पशुपति क्याम्पस चाबहिलमा स्नातक चौथो वर्षमा अध्ययन गर्दथिन् ।बसको ठक्करबाट सहपाठीको मृत्यु भएपछि आक्रोसित विद्यार्थीहरुले काठमाडौं(भक्तपुर चल्ने बा ४ ख ७१०४ नम्बरमा आगजनी गरेका छन् । आगजनीबाट बसमा पूर्णरुपमा क्षति पुगेको छ । आगजनी गरेको आरोपमा गौशाला प्रहरीले नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य चेतन थापामगर र पशुपति क्याम्पसमा कक्षा १२ मा अध्ययनरत राजेश श्रेष्ठलगायतलाई नियन्त्रणमा लिएको छ ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest