सुत्केरीले एक वर्ष बेतलबी बिदा पाउने

Friday, September 14th, 2018

सुत्केरीले एक वर्ष बेतलबी विदा लिन पाउने भएका छन् । संसदको शिक्षा तथा स्वास्थ्य समितिले सुत्केरी महिलाले एक वर्ष बेतलबी बिदा पाउने गरी सुरक्षित मातृत्व विधेयक पास गरेको हो ।सो विधेयक मंगलबार पास भइसकेको छ । उक्त विधेयकको दफा १३ को उपदफा २ मा कुनै गर्भवतीलाई बिदा अपूग भएमा चिकित्सकको सल्लाह बमोजिम १ वर्षसम्म बेतलबी बिदा पाइने व्यवस्था गरेको छ ।

यसअघि गर्भवतीले दुई महिना विदा पाउँथे । समितिबाट पारित भएको विधेयक संसदबाट पारित भएर राष्ट्रपतिले प्रमाणित गर्नुपर्ने हुन्छ । राष्ट्रपतिले प्रमाणित गरेपछि उक्त विधेयक ऐनका रुपमा कार्यान्वयनमा आउँछ ।

(देउडा गायक यज्ञराज उपाध्यायको प्रेमकहानी पनि हेर्नुहोस)

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest