सुनको भाउ तोलामा पाँच सयले बढ्यो

Wednesday, January 20th, 2021


काठमाडौं:सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । मंगलबार ९२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुन भाउ आज ९२ हजार ५०० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको सुनको प्रतितोला मूल्य ९२ हजार रुपैयाँ कायम भएको छ । मंगलबार तेजावी सुन ९१ हजार पाँच सयमा कारकोबार भएको थियो ।यस्तै चाँदीको प्रतितोला मूल्य १५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँ पुगेको छ । मंगलबार १२ सय ४५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest