सुनको भाउ तोलामा १३ सय रुपैयाँले घट्यो

Thursday, January 7th, 2021

काठमाडौं:सुनको भाउ तोलामा १३ सय रुपैयाँले सस्तिएको छ । बुधबार ९६ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ बिहीबार ९५ हजार चार सयमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबारका लागि तेजाबी सुन प्रतितोला भाउ ९४ हजार ९ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ । यस्तै बिहीबारको तुलनामा चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले सस्तीएको छ । हिजो १३ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज १३ सय ३० रुपैयाँ कायम भएको छ ।
अफ सिजनका कारण सुनको कारोबार नभएको र अन्तर्राष्ट्रिय मूल्य अनुसारनै नेपालमा पनि सुनको मूल्य उतार चढाब भएको महासंघका महासचिव धर्म सुन्दर बज्राचार्यले बताए ।

 

 

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest