सुनको भाउ तोलामा ६ सय रुपैयाँ बढ्यो

Tuesday, January 12th, 2021

काठमाडौ :सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको छ । हिजो तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा झरेको सुन भाउ आज फेरि ६ सय रुपैयाँले बढेर ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest