सुनको भाउ फेरी घट्यो

Friday, January 10th, 2020

काठमाण्डौ : हप्ताको अन्तिम दिन शुक्रबार सुनचाँदीको भाउ घटेको छ ।सुन आज तोलामा ९ सय रुपैयाँ घटेर तोलाको ७४ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।बिहीबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँ घटेको हो । अमेरिका र ईरानबीचको तनावका कारण बढेको सुनको भाउ दुई देशबीचको तनाव मत्थर हुँदै गएपछि भाउ घट्दै गएको महासङ्घअन्तर्गतको सुनको भाउ निर्धारण समितिले जनाएको छ ।यस्तै चाँदी पनि आज तोलामा १५ रुपैयाँ घटेर तोलाको ८ सय ८५ रुपैयाँमा कारोबार भैहरेको छ ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest