सुनचाँदीको भाउ बढ्यो

Friday, January 17th, 2020


काठमाण्डौ : सुनको भाउ शुक्रबार तोलामा एक सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलाको ७४ हजार आठ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार स्थिर रहँदै सुनको भाउ तोलाको ७४ हजार सात सय रुपैयाँ थियो ।
यस्तै शुक्रबार चाँदी तोलामा पाँच रुपैयाँ बढेर आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

गएको पुस २३ गते बुधबार सुनको भाउले नयाँ रेकर्ड बनाएको थियो । त्यो दिन तोलाको ७६ हजार ५ सय रुपैयाँ पुगेको थियो, जुन मूल्य अहिलेसम्मकै महँगो हो ।
सुनको भाउको उतारचढावले कारोबार प्रभावित भएको व्यवसायीले जनाएका छन् ।

Facebook comments

फोटो फिचर

Social

Pin It on Pinterest